न्युयोर्कको कोलम्बिया र सिटी कलेजमा प्रदर्शनमा पक्राउ आधा व्यक्ति विद्यार्थी नभएको खुलासा


प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार

(240501) — NEW YORK, May 1, 2024 (Xinhua) — Police vehicles carrying arrested protesters move out of Columbia University in New York, the United States, on April 30, 2024. Dozens of protesters who occupied a building of Columbia University in protest of Israeli operation in Gaza were arrested on Tuesday night as New York Police Department (NYPD) officers were called in to clear the building, local media reported. (Xinhua/Li Rui)

कोलम्बिया र न्युयोर्कको सिटी कलेजमा क्याम्प खडा गरेर प्रदर्शन गर्ने क्रममा पक्राउ परेका झण्डै आधा प्यालेस्टाइन समर्थकहरु त्यहाँका विद्यार्थीहरु नरहेको खुलासा भएको छ । झण्डै आधा प्रदर्शनकारीहरू कहिले पनि कोलम्बिया र न्युयोर्कको सिटी कलेजका विद्यार्थीहरु नभएको जनाइएको छ ।

पक्राउ परेका २८२ प्रदर्शनकारीहरू मध्ये १३४ जना व्यक्तिको सम्बन्ध कोलम्बिया युनिभर्सिटी वा न्युयोर्कको सिटी कलेजसँग नभएको प्रहरी श्रोतलाई उद्दृत गर्दै प्रकाशित समाचारहरुमा जनाइएको छ । मंगलबार राती पक्राउ गरिएका प्रदर्शनकारीहरुमध्ये कतिजना युनिभर्सिटी बाहिरका थिए भन्नेबारे न्युयोर्क सिटीका मेयरलाई पत्रकारको प्रश्नपछि यी विवरणहरु आएका हुन् ।

एलेक्स केन्ट/गेटी इमेज/एएफपी

मेयर एरिक आडम्सले कोलम्बिया र न्युयोर्क सिटी कलेजमा भाग लिनेहरू मध्ये ४० प्रतिशत भन्दा बढी बाहिरका व्यक्ति रहेको मेयर आडम्सले बताएका थिए । सीएनएनसँगको कुराकानीमा मेयर आडम्सले कति प्रदर्शनकारीहरू कोलम्बिया युनिभर्सिटीसँग सम्बद्ध थिएनन् भन्नेबारे युनिभर्सिटीलाई नै सोध्नुपर्ने तर्क गरेका थिए ।

पक्राउ परेकाहरूको पूर्ण सूची युनिभर्सिटीलाई दिने र युनिभर्सिटीले नै उनीहरुबो निर्णय गर्ने एडम्सले बताएका छन् । न्युयोर्क सिटीले विद्यार्थीहरूको नाम जारी गर्ने नगर्ने तर युनिभर्सिटीले विद्यार्थी र गैरविद्यार्थीहरू बीचको भिन्नताबारे सार्वजनिक रूपमा ब्रेकडाउन दिने निर्णय गर्न सक्ने तथा तिनीहरूसँग त्यसो गर्ने अधिकार हुने मेयर आडम्सले बताएका छन् ।

सिन्ह्वा/ली रुई

बाहिरका आन्दोलनकारीहरुले प्रदर्शनको फाइदा उठाउने र युवाहरुलाई कट्टपन्थी बनाउनेबारे सुरक्षा अधिकारीहरुले बर्षौदेखि बताउदै आएका छन् । प्रदर्शनकारीहरूले कोलम्बिया युनिभर्सिटीको ह्यामिल्टन हलको ढोकामा ब्यारिकेड गर्न प्रयोग गरेका लकहरू र चेनहरू हेर्दा पेशेवर आन्दोलनकारीहरूले यसो गर्न उक्साएको देखिएको सुरक्षा अधिकारीहरुले बताएका छन् । किनभने विद्यार्थीहरु युनिभर्सिटीमा आउँदा त्यस्ता सामाग्रीहरु बोकेर नआउने उनीहरुको तर्क थियो ।

एक प्रख्यात प्यालेस्टिनी कार्यकर्ताकी पत्नी नाहला अल अरियन चर्चित आन्दोलनकारीहरू मध्ये एक हुन् । यद्यपि उनी पक्राउ नपरेको जनाईएको छ । उनीविरुद्ध अपराधको अभियोग लगाइएको छैन । उनका पति सामी अल अरियनलाई सन् २००३ गिरफ्तार गरिएको थियो भने सन् १९८० र ९० को दशकमा प्यालेस्टिनी इस्लामिक जिहाद समूहलाई समर्थन गरेको आरोप लगाइएको थियो। एक जूरीले पछि उनलाई कुनै पनि आरोपको लागि दोषी ठहराउन अस्वीकार गरेको थियो ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com