रुसले जेलेन्स्की विरुद्ध फौजदारी मुद्दा दायर गरर्यो


प्रकाशित मिति : बैशाख २३, २०८१ आईतबार

रुसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई वान्टेडको सूचीमा राखेको छ । जेलेन्स्की विरुद्ध फौजदारी मुद्दा दायर गर्दै रुसले वान्टेडको सूचीमा पनि राखेको सरकारी समाचार संस्था तासले बताएको छ ।

रुसको आन्तरिक मामिला मन्त्रालयले जेलेन्स्कीलाई वान्टेडको सूचीमा राखेको बताइएको भएपनि तासले यसबारे थप विवरण भने दिएको छैन ।

सोभियत युगका स्मारकहरू ध्वस्त पारेको भन्दै रुसको प्रहरीले फेब्रुअरीमा इष्टोनियाका प्रधानमन्त्री काजा कालास, लिथुआनियाका संस्कृति मन्त्री र लाटभियाको पूर्व सांसदहरूलाई पनि वान्टेडको सूचीमा राखेको थियो ।

गएको वर्ष युद्ध अपराधमा पुटिनका नाममा वारेन्ट जारी गरेका अन्तर्राष्ट्रिय अपराध अदालतका अभियोजनकर्ताको नाममा पनि रुसले पक्राउ पुर्जी जारी गरेको थियो । एजेन्सीहरु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com