अमेरिकी अदालतद्वारा मुम्बई आक्रमणका अभियुक्त राणालाई भारत सुपुर्दगी गर्न अनुमति


प्रकाशित मिति : जेष्ठ ३, २०८० बुधबार

सन् २००८ को मुम्बई आतंकवादी हमलाको मुद्दामा जेल परेका तहव्वुर राणालाई अमेरिकी अदालतले भारत सुपुर्दगी गर्न अनुमति दिएको छ । क्यालिफोर्नियाको एक अदालतले बुधबार आफ्नो आदेशमा ६२ वर्षीय राणालाई  सुपुर्दगी गर्न सकिने जनाएको छ । २६ नोभेम्बर २००८ मा भएको मुम्बई हमला पाकिस्तानमा रहेको लश्कर-ए-तैयबा अतिवादीहरूले गराएको थियो। राणाको भारत सुपुर्दगीको अनुरोधलाई जो बाइडेन प्रशासनबाट समर्थन र स्वीकृति प्राप्त भएको थियो।

राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले यी आक्रमणहरूमा पाकिस्तानी मूलका क्यानाडाली व्यापारी तहव्वुर राणाको भूमिकाबारे अनुसन्धान गरिरहेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार राणालाई मुम्बई हमलामा उनको भूमिका रहेको भन्दै भारतको अनुरोधपछि अमेरिकामा पक्राउ गरिएको थियो।

अदालतको सुनुवाइका क्रममा अमेरिकी सरकारका वकिलहरूले ‘राणालाई आफ्नो बाल्यकालको साथी पाकिस्तानी-अमेरिकी डेभिड कोलम्यान हेडली लश्कर-ए-तैयबामा संलग्न रहेको थाहा थियो र यसरी हेडलीलाई सहयोग गरेर र उनको गतिविधिको सजाय दिएर राणालाई बचाउन मद्दत गरेको’ तर्क गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुम्बईमा भएको आतंकवादी हमलामा ६ अमेरिकीसहित  १६६ जनाको मृत्यु भएको थियो । आतंकवादी हमलामा करिब ३ सय जना घाइते भएका थिए ।  भारत र अमेरिकाबीच सुपुर्दगी सन्धि छ । न्यायाधीशले राणाको भारत सुपुर्दगी पूर्णतया सन्धिको क्षेत्राधिकारभित्र रहेको फैसला सुनाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com