एक पाइला पनि पछि हट्दैनौँ: उत्तर कोरिया


प्रकाशित मिति : श्रावण २३, २०७४ सोमबार

उत्तर कोरियाले पारमाणविक शक्ति सुदृढ पार्ने दिशामा एक पाइला पनि पछि नहट्ने बताएको छ।

आफ्नो अस्त्र विकासलाई लिएर थप प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघीय कदमको निन्दा गर्दै प्योङयाङले त्यस्तो बताएको हो।

उत्तर कोरियाले ‘इमानदार’ नभएको भन्दै दक्षिण कोरियाले गरेको वार्ता प्रस्तावलाई पनि अस्वीकार गरिदिएको छ।

उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध

फिलिपिन्सको राजधानी मनिलामा दक्षिण-पूर्वी एसियाली मुलुकहरुको संगठन आसियानको शिखर बैठकको सेरोफेरोमा दुई कोरियाली मुलुकका विदेशमन्त्रीहरुबीच भेटवार्ता भएको थियो।

दण्डित

भेटवार्ता

भेटवार्तापछि एउटा वक्तव्य जारी गर्दै प्योङयाङले अमेरिकाबाट खतरा महसुस गरिरहेको पृष्ठभूमिमा वार्तामा बस्न नसकिने जनाएको छ।

लगातारको क्षेप्यास्त्र तथा पारमाणविक परीक्षणका लागि दण्डित गर्ने भन्दै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियाली निर्यातमाथि नयाँ चरणको प्रतिबन्ध लगाएको छ।

नयाँ प्रतिबन्धका कारण उत्तर कोरियाले कोइला तथा फलाम निर्यात गर्न पाउनेछैन।

राष्ट्रसंघीय प्रतिबन्धले आफ्नो ‘सार्वभौमसत्ताको उल्लंघन’ गरेको बताउँदै उत्तर कोरियाले त्यसविरुद्ध कदम चाल्ने पनि चेतावनी दिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com