फ्याक्ट चेक: फेसबुकले प्रयोगकर्ताले पाउने गरी ७५० मिलियनमा सम्झौता गरेको सत्य हो ?


प्रकाशित मिति : बैशाख ६, २०८० बुधबार

केही दिन अगाडि धेरै फेसबुक प्रयोगकर्ताहरुले फेसबुकमा नोटिफिकेशन प्राप्त गरे, जसमा उनीहरू डेटा गोपनीयता मुद्दाको सम्झौताबाट भुक्तानीको हकदार हुन सक्ने उल्लेख गरिएको थियो । उक्त नोटिफिकेशनमा सेटलमेन्टबारेको एउटा वेवसाइटमा लिंक गरिएको सुचना थियो ।

फेसबुकले पठाएको नोटिफिकेशन

त्यसपछि धेरै प्रयोगकर्ताहरुले यो सुचना र वेवसाइट वास्तविक भए नभएकोबारे प्रश्न गरेका छन् । यसबारे भेरिफाइले गरेको फ्याक्ट चेक अनुशार उक्त विवरण सत्य भएको पुष्टी भएको छ । फेसबुक, फेसबुकको सेटलमेन्ट वेवसाइट र अमेरिकाको नर्दन डिट्रिक्ट अफ क्यालिफोर्नियाको डिट्रिक्ट कोर्टको विवरण अनुशार उक्त सम्झौता सही भएको पुष्टी भएको हो ।

सम्झौताको पूर्ण पाठ यहाँ पढ्न सक्नुहुनेछ ।

फेसबुकले प्लेटफर्म भित्रबाट केही प्रयोगकर्ताहरूलाई कम्पनीसँग सम्बन्धित क्लास एक्शन मुद्दामा अलर्ट गर्दै सूचनाहरू पठाएको मेटाका प्रवक्ताले बताएका छन् । सूचनाहरू सेटलमेन्ट सम्बन्धी वेबसाइटमा जान्छन्, जुन एक वास्तविक वेबसाइट भने यो क्याम्ब्रिज एनालिटिका डाटा गोपनीयता घोटालामा कम्पनीको संलग्नतासँग सम्बन्धित छ।

सेटलमेन्ट वेबसाइटका अनुसार हालका र पूर्व फेसबुक प्रयोगकर्ताहरूको समूहले फेसबुकको विरुद्धमा धेरै मुद्दा दायर गरेका थिए, जुन अहिले मेटा भनेर चिनिन्छ । कम्पनीले डाटा माइनिङ फर्म क्याम्ब्रिज एनालिटिका र अन्य तेस्रो पक्षहरूसँग निजी प्रयोगकर्ता डाटा साझेदारी गरेको मुद्दा हाल्नेहरुको दाबी छ। फेसबुकले प्रयोगकर्ताको डाटामा पहुँच गर्ने तेस्रो पक्षहरूमा यसको नियमहरू पर्याप्त रूपमा अनुगमन र लागू नगरेको पनि मुद्दा हाल्नेहरुको दावी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१८ मा फेसबुकले क्याम्ब्रिज एनालिटिकाबाट ८७ मिलियन फेसबुक प्रयोगकर्ताहरूको विवरण संकलन गरिएको बताएको थियो । त्यो डाटा २०१६ को राष्ट्रपति चुनावमा हेरफेर गर्न प्रयोग भएको आरोप लगाइएको छ।

कुनै दायित्व वा गल्तीलाई अस्वीकार गर्ने मेटा डिसेम्बर २०२२ मा अदालत बाहिर यी दावीहरू समाधान गर्न ७२७ मिलियन डलर तिर्न सहमत भएको थियो । मार्च २९ मा क्यालिफोर्नियाको नर्दन डिस्ट्रिक्ट कोर्टका न्यायाधीश भिन्स छाबरियाले प्रारम्भिक रूपमा सम्झौतालाई अनुमोदन गरेका थिए ।

उक्त अनुमोदनको पूर्ण पाठ

२००७ देखि २०२२ सम्मको कुनै पनि अवधिको कुनै समय अमेरिकामा भएका फेसबुक प्रयोगकर्ताहरुले ७५० मिलियन डलरमध्येको आफूले पाउने हिस्सा दावी गर्न सक्नेछन् । रकम दावी गर्नका लागि २००७ र २०२२ को बीचमा कुनै पनि समयमा फेसबुक एकाउन्ट खोलेको र चलाएको हुनुपर्छ ।

प्रयोगकर्ताहरूले कुनै पनि रकम सङ्कलन गर्नको लागि योग्य दावी पेस गर्नुपर्छ । आगामी अगस्त २५ भित्र अनलाइनमाफर्त रकम दावी गर्न सकिनेछ ।

अनलाइनमार्फत रकम दावी गर्नका लागि यहाँ क्लीक गर्नुहोला ।

प्रयोगकर्ताले आफ्नो नाम, ठेगाना, इमेल, युजर आईडी र रकम प्राप्त गर्ने माध्यम अनलाइनमा भर्नुपर्छ । युजर आईडीको साटो आफूले फेसबुक लगइन गर्ने इमेल वा फोन नम्बर पनि प्रयोग गर्न सकिन्छ । मास्टर कार्ड, पेपल, भेन्मो र जेल लगायतमा माध्मबाट रकम प्राप्त गर्न सकिनेछ । सन् २००७ देखि २०२२ भित्रको अवधिमा कुनै समय अमेरिकामा बसेका र यो अवधिको कुनै समयमा फेसबुक चलाएकाहरुले रकम दावी गर्न सक्छन् ।

यसबारे अदालतबाट स्वीकृत सुचनाको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

अहिले फेसबुक बन्द गरिसकेकाहरुले समेत उक्त अवधिमा फेसबुक चलाएको भएमा यो रकम दावी गर्न सक्नेछन् । तर अहिले एकाउन्ट बन्द गरिसकेकाहरुले कहिलेदेखि कहिलेसम्म फेसबुक चलाएका थिए भन्ने मिति पनि दिनुपर्छ । अहिले पनि एकाउन्ट हुनेहरुले भने यो मिति दिनु पर्दैन । फारम भरेर प्रिन्ट गरी हुलाकमार्फत पनि सेटलमेन्ट प्रशासकलाई पठाउन सकिनेछ ।

कागजी फर्म डाउनलोड गरेर दावी गर्न यहाँ क्लीक गर्नुहोला ।

प्रत्येक फेसबुक प्रयोगकर्ताले एउटा मात्र दाबी फाइल गर्न सक्छन् । यो रकम अन्तिम स्वीकृति सुनुवाइ सेप्टेम्बर ७ मा हुने तय भएको छ । उक्त मितिमा सेटलमेन्टलाई अनुमोदन भइसकेपछिमात्र रकम प्राप्त गर्न सकिनेछ ।

यदि तपाइँ यो सेटलमेन्टबाट आउने रकम लिन चाहनुहुन्न वा भविश्यमा यो विषयमा आफै फेसबुकसँग छुट्टै मुद्दा लड्न चाहनुहुन्छ भने तपाईले जुलाई २६ भित्र अप्ट आउट दावी पेश गर्नुपर्छ । जसले तपाइँलाई कानुनी रूपमा तपाइँको प्रतिरक्षा जारी राख्न वा भविष्यमा त्यसो गर्ने अवसर दिन्छ । यदि तपाइँको सम्झौतामा आपत्ति छ भने तपाइँ जुलाई २६ मा सुनुवाईमा उपस्थित हुन वा सोही म्याद भित्र लिखित रूपमा आफ्नो राय व्यक्त गर्न सक्नुहुन्छ।

person holding cellphone near glass walls

यदि तपाई यो रकम पनि लिन चाहनुहुन्न र यो विषयमा भविश्यमा छुट्टै मुद्दा पनि लड्न चाहनुहुन्न भने तपाईले कुनै कदम चाल्नु पर्दैन । कुनै कदम नचालेको खण्डमा पनि तपाईले भविश्यमा यही सन्दर्भमा फेसबुकविरुद्ध मुद्दा लड्न भने पाउनु हुनेछैन ।
एउटा व्यक्तिले क्षतिपूर्ति कति रकम पाउनेछन् भन्ने बारे कुनै विशेष विवरणहरू छैन । कानुनी शुल्क घटाएर ७५० मिलियन डलरबाट बाँकी रहेको रकम दावी गर्ने सबैलाई बराबर बाँडिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com