काठमाडौँको बालाजुमा बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो


प्रकाशित मिति : चैत्र २३, २०७९ बिहीबार

काठमाडौँको बालाजुमा बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो लागेको छ । हरेक वर्षको चैत शुक्ल पूर्णिमाका दिनमा लाग्ने उक्त मेला आजदेखि सुरु भएको हो । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा बाइसधारा मेला सुरु भएसँगै हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु स्नान गर्न आज बिहानैदेखि बालाजु बाइसधारा पुगेका छन् ।

बाइसधारा मेला सुरु भएकै दिनदेखि वैशाख स्नान प्रारम्भ हुने गर्दछ । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले बिहानैदेखि बाइसधारामा स्नान गर्ने भक्तजनको सङ्ख्या बढेको बताउनुभयो ।

बाइसधारा मेलामा स्नान गर्नका लागि उपत्यकाभित्र र उपत्यकाबाहिरका धर्माबलम्बी बाइसधारा आएको उहाँको भनाइ छ । बालाजुको बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । साथै लुतो, खटिरा जस्ता रोग हराउने जनविश्वास रहेकाले बालबालिकादेखि वृद्धवृद्धासम्म बाइसधारा स्नानका लागि आएका छन् ।

चैत शुक्लपूर्णिमाको अघिल्लो दिन बौद्ध धर्मावलम्बीहरुले बौद्ध गुम्बामा पूजापाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाइसधारामा स्नान गर्ने गर्दछन् । स्नानपछि स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ पनि गरिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै आजै साँझदेखि बालाजुमा पुरानो गुह्येश्वरी, बालाजु बाइपास, गोलढुङ्गा र कालदेवी गरी चार स्थानबाट रथ तान्ने काम गरिन्छ । उक्त रथजात्रा चार दिनसम्म चल्ने वडाअध्यक्ष रिजालले बताउनुभयो । मेलाका दिन बाइसधारामा स्नान गरी मृत आफन्तका नाममा बत्ती बाल्ने परम्परा छ । यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँ रहेको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिइन्छ ।

मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसङ्ग जोडिएको छ । नेवार समुदायले मनाउने ल्हुती पूर्णिमाको मेलासँगै मनमैजु जात्रा पनि सुरु हुने परम्परा रहेको छ । यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com