‘जोशीलाई एनआरएन आन्दोलनमा सहभागी गराउनुपर्छ’ – कृष्ण पोखरेल


प्रकाशित मिति : श्रावण १९, २०७४ बिहीबार

एनआरएन अमेरिकाका अध्यक्ष उम्मेदवार कृष्ण पोखरेलले गौरी जोशीजस्ता योग्य र सक्षम व्यक्तिलाई एनआरएन आन्दोलनमा सहभागी हुने वातावरण बनाउनुपर्ने बताएका छन् । एनआरएन अमेरिकाको निर्वाचन आयोगले अध्यक्ष उम्मेदवारको अन्तिम सुचीमा जोशीको नाम समावेश नगरेपछि अर्का उम्मेदवार पोखरेलको यस्तो प्रतिकृया आएको हो ।

खसोखाससँग कुराकानी गर्दै पोखरेलले भने – ‘गौरी जोशीजस्तो योग्य, सक्षम र सामाजिक व्यक्तित्व एनआरएन आन्दोलनमा सहभागी हुने वातावरण बनाउनेमा सबै एनआरएन नेताहरुको ध्यान जान जरुरी छ । अहिले उहाँलाई चुनावमा प्रतिस्पर्धा गर्नबाट वञ्चित गरिएको छ तर एनआरएन आन्दोलनमा उहाँको सहभागिता महत्वपूर्ण छ ।’

एनआरएन अमेरिकाका महासचिव र बरिष्ठ उपाध्यक्ष भइसकेका पोखरेल एनआरएन अमेरिकाको अध्यक्ष पदका स्वभाविक दाबेदार हुन् । अहिलेसम्म कुनै पनि चुनावी प्रतिस्पर्धामा पराजित नभएको दावी गर्ने पोखरेलले आफू निर्वाचित भएमा निर्वाचित नहुनेहरुलाई पनि एनआरएन आन्दोलनमा सहभागी भएर अगाडि बढ्ने वातावरण बनाउने बताउँदै आएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com