अमेरिकामा जटिल बन्दै एसाइलम, शरणका लागि अमेरिका आएका क्यानाडातिर जाने क्रम ९ गुणा बृद्धि


प्रकाशित मिति : फाल्गुन २८, २०७९ आईतबार

waving Canada flag

अमेरिकामा एसाइलम प्रकृया जटिल र लामो बन्न थालेपछि शरणका लागि अमेरिका आएकाहरु क्यानाडातिर जाने क्रममा उल्लेख्य बृद्धि भएको छ । सन् २०२२ मा झण्डै ४० हजार शरण खोज्नेहरु अमेरिकाबाट अनियमित रुपमा सिमा पारेर गरेर क्यानडा प्रवेश गरेको तथ्यांक सार्वजनिक भएको छ, जुन अघिल्लो बर्ष सन् २०२१ को तुलनामा ९ गुणा बढी हो ।

यो संख्या सन् २०२३ मा अहिलेकै दर कायम भएमा अझ बढ्ने अनुमान गरिएको छ । किनभने सन् २०२३ को जनवरीमा मात्र अमेरिकाबाट शरण खोज्दै क्यानडातिर प्रवेश गर्नेहरुको संख्या झण्डै ५ हजार रहेको छ । कोरोना महामारीभन्दा अगाडि पनि शरणका लागि अमेरिका आएकाहरु क्यानाडातिर जाने क्रम अहिलेको तुलनामा निकै कम थियो । सन् २०१९ मा १७ हजार व्यक्ति यसरी क्यानडा गएका थिए ।

अमेरिकाबाट क्यानडा जानेहरुमध्ये धेरैले अमेरिकामा शरण खोज्ने योजनाहरू त्यागेर क्यानडातिर लागेका हुन् । लामो प्रक्रिया समय र शरणको लागि प्रतिबन्धित परिभाषाहरूबाट विचलित भएर उनीहरुले अमेरिका त्याग्ने विचार गरेका हुन् ।

क्यानडाले सेप्टेम्बर ३० मा समाप्त भएको १२ महिनाको अवधिमा ४६ प्रतिशत भन्दा बढी अनियमित शरण दावीहरू स्वीकार गरेको क्यानाडा सरकारको तथ्याङ्क रहेको छ । अमेरिकी अध्यागमन अदालतहरूले सोही अवधिमा १४ प्रतिशतमात्र शरण दावीहरू स्वीकृत गरेको अमेरिकी सरकारको तथ्याङ्क रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत वर्षको अन्त्यमा क्यानडामा ७० हजार भन्दा बढी शरणार्थी दाबीहरू बाँकी थिए। जबकी अमेरिकाको अध्यागमन अदालतमा लगभग ८ लाख शरणका मुद्दाहरू विचाराधीन थिए। क्यानाडामा विना भिसा प्रवेश गरेर अनियमित दावी गर्नेहरूमा लगभग आधा नाइजेरियाली, हाइटियन र कोलम्बियाली नागरिकहरू छन् ।

सुरक्षित तेश्रो देश सहमतिले अमेरिकी र क्यानाडाका अधिकारीहरूलाई शरणार्थीहरूलाई औपचारिक रूपमा प्रवेश गर्ने बन्दरगाहहरूमा दुबै दिशामा फर्काउन अनुमति दिन्छ तर यो रोक्सहम रोड जस्ता अनौपचारिक क्रसिङहरूमा लागू हुँदैन। अमेरिकाले पूरै ४ हजार माइल सीमानामा सम्झौता विस्तार गर्न सहमत हुन थोरै प्रोत्साहन पाएको छ।

सिराक्यूज युनिभर्सिटीको ट्रान्जेक्शनल रेकर्ड एक्सेस क्लियरिङहाउसका अनुसार अमेरिकामा शरणार्थीहरूले अध्यागमन अदालतमा उपस्थित हुन औसतमा चार वर्षभन्दा बढी कुर्छन्। युएससीआईएसका अनुसार वर्क परमिट प्राप्त गर्न शरणार्थी दाबी दायर गरेपछि कम्तिमा छ महिना लाग्छ।

क्यानडामा शरणार्थी दावीहरूको औसत प्रकृया समय २०२२ को पहिलो १० महिनामा २५ महिना थियो। यो २०१९ को १५ महिनाको तुलनामा भने बढेको छ ।

क्यानडाको क्युबेक सरकारले शरणार्थीहरूको बृद्धिले मानिसहरूलाई घर बनाउने र आधारभूत सेवाहरू उपलब्ध गराउने क्षमतामा कमी आएको बताएको छ। संघीय सरकारले जुन यता ५,५०० भन्दा बढी शरणार्थीलाई अन्य प्रान्तमा सारिएको बताएको छ, जुन पहिलो पटक हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com