अमेरिकी बैंक बन्द हुनु प्रविधिको दुनियामा गहिरो संकटको संकेत : इजरायली प्रधानमन्त्री नेतन्याहु


प्रकाशित मिति : फाल्गुन २८, २०७९ आईतबार

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिँदै भनेका छन्, अमेरिकाको सिलिकन  भ्याली बैंक बन्द हुनु  प्राविधिक संसारमा  ‘गहिरो संकट’ आएको संकेत हो । अमेरिकी इतिहासमा दोस्रो पटक यसरी बैंकमा ताला लगाइएको छ । यसबारे इजरायलका प्रधानमन्त्रीले  आफूले यो  अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन् । नेतन्याहुले अमेरिकी बैंक बन्द भएपछि इजरायलको प्राविधिक संसारका शीर्ष व्यक्तिहरूसँग सम्पर्कमा रहेको पनि बताए।

उनले आवश्यक परेमा इजरायली कम्पनी जसको गतिविधिको केन्द्र इजरायल रहेको र यही उथलपुथलका कारण नगद प्रवाहको संकट उत्पन्न भएको छ, त्यसलाई सरकारले सहयोग गर्ने बताए । उनले इजरायलको अर्थतन्त्र बलियो र स्थिर रहेको पनि बताए ।

नेतान्याहु अहिले औपचारिक भ्रमणमा रोममा छन् । उनले स्वदेश फर्किएपछि अर्थमन्त्री, आर्थिक मामिलाका सल्लाहकार, केन्द्रीय बैंकका गभर्नरसँग बसेर संकटको गम्भीरताबारे छलफल गर्ने बताए ।

सिलिकन भ्याली बैंक बन्द भएपछि प्रविधिको दुनियाँमा त्रासको वातावरण सिर्जना भएको छ । यस बैंकको बेलायत, इजरायल लगायत अन्य धेरै देशहरुमा पनि शाखाहरु रहेका छन् ।

अमेरिकी इतिहासमा बैंक असफलताको दोश्रो ठूलो घटना, सिलिकन भ्याली बैंक बन्द

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com