जसपा सांसद सहनाज रहमानको निधन


प्रकाशित मिति : फाल्गुन १३, २०७९ शनिबार

जनता समाजवादी पार्टी ९जसपा० का सांसद सहनाज रहमानको निधन भएको छ । झापा घर भएकी सांसद रहमानको हृदयघातका कारण आज निधन भएको हो । केन्द्रीय सदस्य रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।

२०६३ देखी मधेसी जनअधिकार फोरममा सक्रिय भएकी उनी मधेसी जनअधिकार फोरम महिला संघकी दुई कार्यकालसम्म अध्यक्ष भएकी थिइन् । झापाको भद्रपुर स्थायी बासिन्दा रहेकी उनका श्रीमान् र पाँच छोरी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com