भविष्यमा आउनसक्ने अर्को कोरोना महामारीबाट जोगाउन सक्ने सम्भाव्यतासहितको खोप निर्माण


प्रकाशित मिति : बैशाख २४, २०८१ सोमबार

white and green syringe on white surface

वैज्ञानिकहरूले भविष्यमा आउनसक्ने अर्को कोरोना महामारीबाट जोगाउन सक्ने सम्भाव्यतासहितको खोप निर्माण छन् जसले अहिलेसम्म थाहा नभएका प्रजातिहरू सहित कोरोनाभाइरसको व्यापक दायराबाट जोगाउने क्षमता राख्ने जनाइएको छ ।

मुसामा परीक्षण गरिएको प्रयोगात्मक शट प्रोएक्टिभ भ्याक्सिनोलजीतर्फको रणनीतिमा आएको परिवर्तन हो । जस अन्तरगत सम्भावित महामारीको भाइरस देखा पर्नु अघि नै खोपहरू डिजाइन गरिनुका साथै निर्माणको लागि तयार हुन्छन्।

खोप विभिन्न कोरोनाभाइरसबाट हानिरहित प्रोटिनहरू माइनस्युल न्यानो पार्टिकल्समा जोडेर बनाइन्छ । भाइरसहरुले आक्रमण गरेमा भाइरसहरूसँग लड्न शरीरको प्रतिरक्षा तयार पार्नेगरी इन्जेक्सन लगाइन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खोपले प्रतिरक्षा प्रणालीलाई प्रोटिनहरू लक्षित गर्न तालिम दिन्छ जुन विभिन्न प्रकारका कोरोनाभाइरसहरूमा बाँडिएको हुन्छ । त्यसले उत्प्रेरित गर्ने सुरक्षा अत्यन्त फराकिलो हुन्छ । यसले एउटै परिवारका ज्ञात र अज्ञात भाइरसहरू विरुद्ध लड्न प्रभावकारी बनाउँछ।

क्याम्ब्रिज विश्वविद्यालयका स्नातक अनुसन्धानकर्ता र रिपोर्टका पहिलो लेखक रोरी हिल्सले तुलनात्मक रूपमा सरल खोपले अझै पनि विभिन्न भाइरसहरूको दायरामा स्क्याटरशट प्रतिक्रिया प्रदान गर्न सक्ने देखिएको बताएका छन् । यसले महामारी सुरु हुनु अघि खोपहरू सिर्जना गर्ने लक्ष्यतर्फ एक कदम अगाडि लैजाने उनले बताए ।

मुसामा गरिएको परीक्षणले खोपले सन २००३ सार्सको प्रकोप निम्त्याएको रोगजनक सार्स कोभ वान लगायत कोरोना भाइरसका लागि व्यापक प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गरेको देखाएको छ । यद्यपि उक्त भाइरसबाट प्रोटिनहरू भ्याक्सिन न्यानोपार्टिकल्समा थपिएको थिएन। क्याम्ब्रिज र अक्सफोर्ड विश्वविद्यालयहरू र क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी बीचको सहकार्यमा गरिएको रिसर्चका विवरण नेचर नानोटेक्नोलोजीमा प्रकाशित छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com