न्युयोर्कमा यो सिजनमा २ लाख १० हजार हरिणको शिकार, यसकारण सरकारले गर्छ प्रोत्साहन


प्रकाशित मिति : बैशाख २४, २०८१ सोमबार

herd of brown deer on green grass

न्युयोर्क राज्यको वातावरण संरक्षण विभागले यो सिजनमा न्युयोर्कमा शिकारीहरुले २ लाख १० हजार हरिणको शिकार गरेको घोषणा गरेको छ । न्युयोर्कमा हरिणको शिकार गर्ने सिजन सामान्यतया नोभेम्बरमा सुरु भएर जनवरीमा समाप्त हुन्छ । यसपटकको सिजनमा शिकारीहरुले सन् १९९० को दशको तुलनामा दोब्बर संख्यामा साढे २ बर्ष वा सोभन्दा बढी उमेरका हरिणको शिकार गरेको जनाइएको छ ।

यसपटकको सिजनमा शिकारीहरुले शिकार गरेका ७० प्रतिशतभन्दा धेरै हरिण साढे २ बर्ष वा सोभन्दा बढी उमेरका रहेको न्युयोर्क राज्यको वातावरण संरक्षण विभागले जनाएको छ । यसलाई बच्चाहरुलाई छाडिदिने र हुर्कन दिने अभियानको सफलताका रुपमा हेरिएको छ ।

यो सिजनमा शिकार गरिएकामध्ये अनुमानित १ लाख १२ हजार २ सय २४ भाले हरिणहरु थिए भने ९७ हजार ५ सय ५७ सिंग नभएका पोथी हरिणहरु थिए । गतबर्षको तुलनामा भाले हरिणको शिकारमा ३ दशमलव ६ प्रतिशत र सिंग नभएका पोथी हरिणको शिकारमा १५ दशमलव ६ प्रतिशतले गिरावट आएको छ ।

सिङ नभएका पोथी हरिणको शिकारमा पाँच वर्षको औसत भन्दा लगभग १५ प्रतिशत कमी आएको छ । न्युयोर्कको वातावरण संरक्षण विभागले हरिणको संख्या बढ्न नदिन र संख्या कम गर्न पोथी हरिणको शिकारलाई प्रोत्साहन गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिङ नभएको हरिणको शिकारले हरिणको संख्या उपलब्ध बासस्थानसँग सन्तुलनमा रहन र सार्वजनिक स्वीकृतिको स्तर भन्दा बढि हुन नदिन मद्दत गर्दछ । हरिणको संख्या बढ्दा बालीमा क्षति, गाडीसँग ठोक्किने समस्यामा बृछि र अन्य सम्भावित नकारात्मक प्रभावहरू निम्त्याउन सक्छ।

राज्यका केही क्षेत्रहरू विशेष गरी वन्यजन्तु व्यवस्थापन एकाइहरूमा शिकारीहरूले हरिणको संख्यालाई प्रभावकारी रूपमा व्यवस्थापन हुने गरी पर्याप्त संख्यामा सिंग नभएका हरिणको शिकार नगरेको जनाइएको छ । राज्य सरकारले आगामी सिजनहरुमा सिंग नभएका हरिणको शिकार बढाउन विभिन्न नियामक र गैरनियामक विकल्पहरूको मूल्याङ्कन गरिरहेको जनाएको छ । सबै शिकारीहरूलाई आगामी सिजनमा कम्तिमा एउटा सिङ नभएको हरिण शिकार गर्न प्रोत्साहन गरिएको छ ।

न्युयोर्कमा हरिणको शिकारको डाटा दुई मुख्य स्रोतहरूबाट जम्मा गरिएको छ । सबै सफल शिकारीहरूको शिकार गरेको सात दिन भित्र रिपोर्ट गर्नुपर्छ भने वातावरण संरक्षण विभागले राज्यका मासु प्रोसेसरहरू र चेक स्टेशनहरूमा काटिएका हरिणको डाटा संकलन गर्छ ।

न्युयोर्कमा हरिण र भालुको शिकार सूर्योदय हुनुभन्दा ३० मिनेट अगाडिदेखि सूर्यास्त भएको ३० मिनेटसम्म गर्न सकिन्छ । बन्दुकको साथ हिरण वा भालुको शिकार गर्दा शिकारीहरूले फ्लोरोसेन्ट सुन्तला वा फ्लोरोसेन्ट गुलाबी टोपी वा भेस्ट लगाउनुपर्छ। शिकारमा भाग लिन स्थानीय कानून पारित गरेका काउन्टीहरुमा १२ र १३ वर्षका शिकारीहरूले बन्दुक वा भालाको साथ हरिणको मात्र शिकार गर्न पाउँछन् । उनीहरुले भालुको शिकार गर्न भने पाउँदैनन् ।

न्युयोर्कमा ६ हजार देखि ७ हजार कालो भालुहरू जंगलमा छन्। हालका वर्षहरूमा संख्या बढेको छ भने राज्यभरि व्यापक रूपमा विस्तार भएका छन् । भालुको शिकार भालुको संख्या नियन्त्रण गर्न प्राथमिक व्यवस्थापन तरिका हो। न्युयोर्कका उत्तरी, दक्षिणपूर्वी र मध्यपश्चिमी सबै भागहरूमा शरद ऋतुमा भालुको शिकार गर्न अनुमति दिइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com