ग्यास सिलिन्डर विस्फोटमा परि घाइते भएकी कांग्रेस नेता भण्डारीकी आमा हरिकलाको निधन


प्रकाशित मिति : फाल्गुन ४, २०७९ बिहीबार

ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

हरिकलाको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।

बिहीबार राति काठमाडौंको बुद्धनगरस्थित निवासमा सिलिन्डर पड्किँदा भण्डारी आमाछोरा गम्भीर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा ल्याइएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com