अभिनेत्री करिश्मा मानन्धरले दिइन् डिल्लीराम खनालविरुद्ध साइबर ब्युरोमा उजुरी


प्रकाशित मिति : माघ २५, २०७९ बुधबार

अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै डिल्लीराम खनालविरुद्ध उजुरी दिएकी छन् । मानन्धरले मंगलबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको बताएकी छन् ।

खनालले एउटा अन्तर्वार्तामा नायिका मानन्धरलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसित जोडेर विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्ति टिकटकमा समेत भाइरल बनिरहेको छ ।

उनले सामाजिक सञ्जालमा लेखेके छिन्, ‘उहाँ को हो ? यो अत्ति भयो । कलाकारलाई यस्तै भन्छन् भनेर सहें । हिजो साइबर ब्युरोमा निवेदन हालेको छु । हेरौं नेपालको कानून कत्तिको बलियो रहेछ ।’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com