रवि लामिछानेले ‘विशेष’ पत्रकार सम्मेलन गर्ने, हेर्न र सुन्न आग्रह


प्रकाशित मिति : माघ २२, २०७९ आईतबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज ‘विशेष’ पत्रकार सम्मेलन गर्ने भएका छन्। रविले बैठकलगत्तै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन्। उनले आफूले सीधा कुरा नगरेको धेरै भएकाले पत्रकार सम्मेलन हेर्न र सुन्न सबैमा आग्रह समेत गरेका छन्।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ, त्यो आफ्नै ठाउँमा छ । त्यसलगत्तै पार्टी कार्यालयबाट आज  म विशेष पत्रकार सम्मेलन गर्दै छु,’ उनले लेखेका छन्, ‘म चाहन्छु सिंगाे देश र विदेशमा रहनुहुनेहरू सबैले आजको पत्रकार सम्मेलन हेरून्, सुनून् । मैले सीधा कुरा नगरेको धेरै भएछ ।’

रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ । केहीबेरमा रस्वपाको केन्द्रीय समिति र संसदीय समितिको बैठक बस्दै छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com