रवि लामिछानेले ‘विशेष’ पत्रकार सम्मेलन गर्ने, हेर्न र सुन्न आग्रह


प्रकाशित मिति : माघ २२, २०७९ आईतबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज ‘विशेष’ पत्रकार सम्मेलन गर्ने भएका छन्। रविले बैठकलगत्तै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन्। उनले आफूले सीधा कुरा नगरेको धेरै भएकाले पत्रकार सम्मेलन हेर्न र सुन्न सबैमा आग्रह समेत गरेका छन्।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ, त्यो आफ्नै ठाउँमा छ । त्यसलगत्तै पार्टी कार्यालयबाट आज  म विशेष पत्रकार सम्मेलन गर्दै छु,’ उनले लेखेका छन्, ‘म चाहन्छु सिंगाे देश र विदेशमा रहनुहुनेहरू सबैले आजको पत्रकार सम्मेलन हेरून्, सुनून् । मैले सीधा कुरा नगरेको धेरै भएछ ।’

रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ । केहीबेरमा रस्वपाको केन्द्रीय समिति र संसदीय समितिको बैठक बस्दै छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com