पूर्वप्रधानसेनापति कटवाल आइसियूमा


प्रकाशित मिति : माघ १९, २०७९ बिहीबार

नेपाली सेनाका पूर्वप्रधानसेनापति रूकमांगद कटवाल अस्पताल भर्ना भएका छन् ।

दुवै मिर्गौला फेल भएर डाइलसिस गराउँदै आएका कटवालको स्वास्थ्यमा थप समस्या देखिएपछि छाउनीस्थित सैनिक अस्पतालको आइसियूमा राखिएको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले पूर्वप्रधानसेनापति कटवाल एक हप्तादेखि आइसियूमा रहेको पुष्टि गरे । “मिर्गौलामा समस्या देखिएपछि हप्ताको दुई दिन डाइलसिस गराउँदै आउनुभएको थियो । पल्मनेरी ह्यामरेज भएपछि आइसियूमा राखिएको छ । एक हप्तादेखि उहाँ आइसियूमा हुनुहुन्छ । अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनुभएको छ,” उनले भने ।

कटवाल २०६३ भदौ २४ गतेदेखि नेपाली सेनाको प्रधानसेनापति भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com