आयोडिनयुक्त नुन कति मात्रामा खाने ?


प्रकाशित मिति : माघ १८, २०७९ बुधबार

आयोडिनयुक्त नुनको थप प्रवद्र्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’का रुपमा विभिन्न कार्यक्रम आयोजना गरी आजदेखि मनाउन सुरुआत गरिएको छ । नेपाल युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य देश हो । नेपालमा सन् १९९८ देखि ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’ का रुपमा मनाइँदै आइएको छ ।

विशेषगरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित सम्बन्धित निकायका सहकार्यमा आयोडिनको कमीले हुने समस्यालाई निवारण गर्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यस वर्षको नारा ‘थोरै खाऔँ सही मात्रामा खाऔँ, दुई बालबालिका चिह्न अङ्कित आयोडिनयुक्त नुन नै खाऔँ’ भन्ने रहेको कर्पोरेसनले जनाएको छ ।

हाल आयोडिनको कमीबाट उत्पन्न विभिन्न समस्यामध्ये देखिने गलगाँड ‘भिजिबल गोइटर’ समुदायमा नदेखिएको कर्पोरेसनले जनाएको छ । सन् १९८६ मा सो विकृति ४४.२ प्रतिशत रहेकामा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न सफल भएको थियो । सरकारले दिएको निर्देशनअनुसार कर्पोरेसनले आयोडिनयुक्त नुनको आपूर्ति गर्दै आएको छ ।

सरकारले उचित मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने घर सङ्ख्या शत्प्रतिशतमा पु¥याउने नीति लिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सर्वेअनुसार हाल ९१.० प्रतिशत घरपरिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी सन् २०१६ को नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार ९४.५ प्रतिशत ५ वर्षमुनिका बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेका छन् । “अतः यस उपलब्धिलाई जोगाइराख्न सम्बन्धित सबै निकायहरुको ध्यान दिनु जरुरी देखिएको छ”, कर्पोरेसनद्वारा आज यहाँ जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा कर्पोरेसनले आयोडिनको कमीबाट हुने शारीरिक एवं मानसिक कमजोरीका विषयमा जनचेतनामूलक कार्यक्रमबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य संस्था, विद्यालयमा कार्यक्रम, हाटबजारमा माइकिङ, चेतनामूलक सामग्री वितरण, प्रदर्शनी कक्षराख्ने, जस्ता गतिविधि महिनाभर सञ्चालन गर्ने जनाएको छ ।

सरकारले देशभर आयोडिनयुक्त नुनको आपूर्तिको जिम्मेवारी कर्पोरेसनलाई दिएको छ । कर्पोरेसनले ग्रामीणस्तरसम्म आयोडिनसम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालबालिका चिह्न अङ्कित ‘पाकेट’ नुन सुलभ मूल्यमा बिक्री वितरण तथा जनचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

विगत ५९ वर्षदेखि कर्पोरेसनले नुनको आपूर्ति गर्दै आएको छ । आयो, न्यू शक्ति, तेज र भानु नुन प्याकेटमा बिक्री गर्दै आएको कर्पोरेसनले वार्षिक वार्षिक दुई लाख मेट्रिक टन नून कारोबार गर्ने जनाएको छ । सोही अवसरमा आयोडिनसम्बन्धी चेतनामूलक सन्देश लेखिएको शपिङ झोला, स्कुल झोला, टी–सर्ट तथा पम्प्लेट जस्ता सामग्री वितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाइने कर्पोरेसनले जनाएको छ । ती टोलीले ती स्थानमा उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम सञ्चालन गर्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com