क्रिकेटर लामिछानेको मुद्धामा आज फैसला आउने संभावना बलियो


प्रकाशित मिति : जेष्ठ १, २०८१ मंगलबार

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले बुधबार फैसला सुनाउन सक्ने संभावना रहेको छ । त्यसका लागि बुधबार ( आज ) पनि सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि मंगलबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

मंगलबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, शम्भु थापा, रमण श्रेष्ठ, मुरारी सापकोटा, कृष्ण सापकोटालगायतले बहस गर्नुभयो । सरकारका तर्फबाट रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गर्नुभएको थियो ।

लामिछाने पक्षको बहसपछि सरकारको तर्फबाट महर्जन र घिमिरेले जवाफ दिनुभएको थियो । त्यसपछि गौशला २६ का तर्फबाट बहस सुरु भएको थियो । बुधबार उनीहरुकै बहसबाट सुनुवाइ सुरु हुनेछ ।

त्यसपछि लामिछानेको तर्फबाट जवाफ दिइनेछ । उक्त जवाफ आएपछि न्यायाधीशद्वयले फैसला सुनाउनेछन् । बुधबार पनि बहसले निरन्तरता पाउने र अदालतले फैसला दिनसक्ने संभावना रहेको कानून व्यवसायीले बताएका छन ।

बलात्कार मुद्दामा गत पुस २५ गते जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै सन्दीपलाई ८ वर्ष जेल सजाय सुनाएको थियो । सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन दिनुभएको थियो ।

यता न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ । दुवै मुद्दाको एकसाथ सुनुवाइ भइरहेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com