न्युयोर्कको क्वीन्स स्थीत रेगोपार्कमा अपार्टमेन्ट भवन बाहिर सडेको शव फेला


प्रकाशित मिति : जेष्ठ १, २०८१ मंगलबार

न्युयोर्कको क्वीन्समा अपार्टमेन्ट भवन बाहिरको झाडीमा सडेको शव फेला परेको प्रहरीले जनाएको छ । रेगो पार्क भवनका बासिन्दाहरूले यस क्षेत्रमा दुर्गन्ध फैलिरहेको गुनासो गरेपछि आइतवार दिउँसो शव फेला परेको हो ।

प्रहरी अधिकारीहरूले क्वीन्स ब्लुभर्ड र ६२ औं एभिन्यूमा एक वयस्कको शव फेला पारेका थिए । शव पुरुष वा महिला कस्को भन्नेबारे पहिचान गर्न सकिने अवस्थामा थिएन । भवनको मचान मुनि झाडीमा रहेको शव नराम्ररी कुहिएको अवस्थामा थियो ।

 

शव ९२४० क्वीन्स ब्लुभर्ड रेगोपार्क नजिक फेला परेको हो । शवसँगै कुनै परिचयपत्र फेला परेको छैन भने आघातको कुनै देखिने लक्षण पनि छैन । मेडिकल परीक्षकले मृत्युको कारण निर्धारण गर्नेछ।

यो मृत्यु वा हत्या के हो भन्नेबारे पनि केही प्रष्ट छैन । व्यक्तिको उमेर लगायतका अन्य विवरणहरु पनि प्राप्त भएका छैनन् । सुरुमा स्थानीय बासिन्दाले केही समयदेखि निरन्तर आइरहेको गन्ध मरेका मुसाहरूको भएको विश्वास गरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com