मेरिल्याण्ड २ बाट डेमोक्रेटिक प्राइमरीमा जोन ओल्स्जेव्स्कीको जीत, ह्यारी भण्डारी दोश्रो


प्रकाशित मिति : जेष्ठ १, २०८१ मंगलबार

मेरिल्याण्ड २ बाट प्रतिनिधिसभा सदस्यका लागि डेमोक्रेटिक प्राइमरीमा जोन ओल्स्जेव्स्कीको जीत भएको छ भने नेपाली अमेरिकन ह्यारी भण्डारी दोश्रो स्थानमा आएका छन् । एसोसिएट्स प्रेसले जोन ओल्स्जेव्स्कीको जीतको घोषणा गरेको छ । यद्यपी बोर्ड अफ इलेक्सनबाट औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

५६६७३ मत गणना हुँदा भण्डारीले ४९९७ मत ल्याएका छन् भने ओल्स्जेव्स्कीले ४४३२५  मत ल्याएका छन् । अन्य उम्मेदबारहरु भने अझ पछाडि रहेका छन् । प्राइमरीमा पराजित भएसँगै यसपटकको लागि क्यापिटल हिलका लागि भण्डारीको चुनावी यात्रा समाप्त भएको छ । तर राज्यको संसदमा उनको कार्यकाल भने कायमै रहनेछ ।

भण्डारीको चुनावी अभियानमा अमेरिकाभरका नेपाली समुदायको मुख्य सहयोग रहेको थियो भने अमेरिकाभरका नेपाली समुदायबाट उल्लेख्य आर्थिक सहयोग पनि प्राप्त भएको थियो । भण्डारीले झण्डै २ लाख डलर फण्डरेज गर्न सफल भएका थिए भने जोन ओल्सेव्स्कीले झण्डै १ मिलियन डलर फण्डरेज गरेका थिए । आजको चुनावमा भण्डारी र ओल्सेव्स्कीबीच मुख्य प्रतिस्पर्धा भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भण्डारीले यस अगाडि अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्ने पहिलो नेपालीका रुपमा इतिहास रचिसकेका छन् । सन् २०१९ देखि मेरिल्याण्डको राज्य संसदमा सांसदका रुपमा प्रतिनिधित्व गर्दै आएका भण्डारीको यो दोश्रो कार्यकाल हो ।

मेरिल्याण्डको सेकेण्ड डिस्ट्रिक्टबाट अमेरिकाको तल्लो सदन प्रतिनिधिसभामा ११ औं कार्यकालका लागि प्रतिनिधित्व गर्दै आएका ७८ बर्षका सांसद डच रुपर्सबर्गरले आगामी कार्यकालका लागि चुनावमा नउठ्ने घोषणा गरेपछि भण्डारीले उनको स्थानमा आफ्नो उम्मेदवारी दिएका थिए । रुपर्सबर्गरले सन् २००३ देखि उक्त क्षेत्रमा चुनाव उठ्दै र जित्दै आएकोमा उनी नउठेपछि यसक्षेत्रलाई नयाँ उम्मेदवारका लागि अवशरको रुपमा हेरिएको हो ।

यो समाचार अपडेटका क्रममा छ । पछिल्लो मतपरिणाम हेर्न रिफ्रेश गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com