प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्डबीच भेटवार्ता, के भयो कुराकानी ?


प्रकाशित मिति : माघ १६, २०७९ सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ । दुईदिने नेपाल भ्रमणमा रहेकी उनले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटर्वार्ता गरेकी हुन् ।

भेटमा द्विपक्षीय सहयोग, आपसी हित र नेपालमा सन्चालित अमेरिकी सहयोगका कार्यक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले अन्य उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने अमेरिकी राजदूतावासले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com