क्यानाडामा आदिवासी बालबालिकाको चिहान, नरसंहारको प्रमाण भएको इरानी दाबी


प्रकाशित मिति : माघ १६, २०७९ सोमबार

इरानले क्यानडामा हालै ‘निर्दोष’ आदिवासी बालबालिकाको नयाँ सामूहिक चिहान फेला पर्नु ‘ठूलो मानवीय त्रासदी’ को प्रमाण भएको बताउनुभएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ताले मन्त्रालयको वेबसाइटमा प्रकाशित एक वक्तव्यमा नासेर कनानीले चिहानको बारेमा पर्याप्त र पारदर्शी जानकारी प्रदान गर्न क्यानडा सरकारको अनिच्छाको आलोचना गर्दै यसले ‘मानवीय विपत्ति’ को गहिराइको सङ्केत गरेको उल्लेख छ ।

उहाँले भन्नुभयो, “यस्तो देशमा यो ‘भयानक’ अपराध भएको छ।”

विलियम्स लेक फस्र्ट नेशन (डब्लुएलएफएन) ले गत बुधबार एक पत्रकार सम्मेलनमा ब्रिटिस कोलम्बियाको एक पूर्व आवासीय विद्यालयमा थप ६६ वटा चिहान फेला परेको घोषणा गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२१ को मे महिनामा ९३ वटा चिहान फेला परेका पूर्व सेन्ट जोसेफ मिसन आवासीय विद्यालयमा नयाँ खोजसँगै हालसम्म १५९ वटा चिहान फेला परेका छन् । Images:  Burston/AFP

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com