अमेरिकाको बाल्टिमोरमा चलिरहेको कारमा २ बर्षका बालकसहित ५ जनामाथि गोली प्रहार, १ को मृत्यु


प्रकाशित मिति : माघ १५, २०७९ आईतबार

बाल्टिमोरमा शनिबार कारमा रहेका ५ जना यात्रुलाई गोली हानिएको घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । घटना शनिबार साँझ ६ः३९ बजे भएको थियो ।

एक महिलाले कार चलाइरहेको बेला गोली हानिएपछि कार दुर्घटना समेत भएको प्रहरीले बताएको छ । पेन्सिलभेनिया एभिन्यू र लरेन्स स्ट्रीटमा उक्त घटना भएको हो ।

प्रहरीले घटनास्थलमा दुई वयस्क पुरुष, एक वयस्क महिला, र एक २ वर्षीय बालकलाई फेला पारेको थियो । ती सबैलाई बन्दुकको गोली लागेको चोट थियो ।

गोली काण्डपछि कार दुर्घटनामा परी घाइते भएकामा अर्का ६ वर्षीय बालक समेत छन् । उनलाई भने गोलीको चोट नभएको जनाइएको छ ।

उनीहरुलाई तत्शाल अस्पतालमा लगिएको थियो, जहाँ एक वयस्क पुरुषलाई पीडितलाई मृत घोषित गरिएको छ । वयस्क महिला र अन्य वयस्क पुरुष गम्भीर अवस्थामा छन्। २ वर्षीय बालकको अवस्था स्थिर रहेको बताइएको छ ।

बाल्टिमोर प्रहरीले एक विज्ञप्ति जारी गर्दै घटनाको बारेमा जानकारी दिएको छ ।

प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com