अमेरिका: टायरी निकोल्सको मृत्युपछि प्रहरीको स्कर्पियन युनिट विघटन


प्रकाशित मिति : माघ १५, २०७९ आईतबार

अमेरिकाको टेनेसी राज्यको मेम्फिस सहरको प्रहरीले आफ्नो स्कर्पियन (SCORPIAN)  विशेष इकाईलाई विघटन गरेको छ । प्रहरीको कुटपिटबाट अश्वेत व्यक्ति टायरी निकोल्सको मृत्यु भएपछि भएको आलोचनापछि यो निर्णय गरिएको हो । एक जारी  विज्ञप्ति गर्दै पुलिसले भनेको छ, ‘यो टोलीलाई स्थायी रूपमा निष्क्रिय पार्नु सबैको हितमा छ। केही व्यक्तिहरूको क्रूर कार्यहरूले स्कर्पियन्सलाई बदनाम बनाएर छोडेको छ। त्यसैले, हामी, मेम्फिस पुलिस विभागले ती सबैलाई जवाफ दिनु आवश्यक छ।’

स्ट्रीट क्राइम्स ऑपरेशन टू रिस्टोर पीस इन आवर नेबरहुड्स मा ५० जनाको प्रहरी टोली हुन्छ ।  यो टोलीको उद्देश्य कुनै खास क्षेत्रमा अपराध न्यूनीकरण गर्ने हो । यसअघि सार्वजनिक भएको एउटा भिडियोमा केही प्रहरी अधिकारीले २९ वर्षीय अश्वेत व्यक्ति टायरी निकोल्सलाई कुटपिट गरेको देखिएका थिए। त्यो भिडियो ७ जनवरीको रहेको बताइएको छ ।

कार चोरी र अन्य ठूला अपराध नियन्त्रण गर्न १५ महिनाअघि अक्टोबर २०२१ मा स्कर्पियन युनिट गठन गरिएको थियो। प्रहरी विभागले गत हप्ता टायरी निकोल्सलाई कुट्ने पाँच प्रहरी अधिकारीहरूलाई बर्खास्त गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com