रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अफ्रिकी देशहरूको भ्रमणको क्रममा पश्चिमी देशहरूले उदीयमान बहुध्रुवीय विश्वको प्रक्रियालाई उल्टाउन खोजिरहेको आरोप लगाएका छन् । यस क्रममा उनले बहुध्रुवीय इतिहासको घडी सही दिशामा अघि बढेको बताएका छन् । रूसको टास समाचार एजेन्सीले लाभरोभलाई उद्धृत गर्दै भनेको कछ, बहुध्रुवीय संसारको उदय ‘उद्देश्यपूर्ण र रोक्न नसकिने प्रक्रिया’हो जुन हुनेछ।
रुसी विदेशमन्त्रीले टर्की, इजिप्ट, ब्राजिल र ल्याटिन अमेरिकी तथा फारसको खाडी नजिक रहेका देशको उदयसँगै चीन र भारतको तीव्र विकासको उल्लेख गरेका छन् ।
उनले विश्व बहुध्रुवीय विश्वलाई आकार दिन पाँच देशको संगठन ‘ब्रिक्स’को भूमिका महत्वपूर्ण रहेको बताए । सर्गेई लाभ्रोभले भने, “त्यसैले यसलाई उल्टाउन अमेरिका, नाटो र अमेरिका नियन्त्रित ईयूको सामूहिक प्रयासको बाबजुद पनि बहुध्रुवीय इतिहासको घडी सही दिशामा चलिरहेको छ।”
पश्चिमाका यी तथाकथित प्रयासलाई व्यर्थको संज्ञा दिँदै उनले यो प्रक्रियालाई सुस्त बनाउन सकिने बताए । यस हप्ता, सर्गेई लाभरोभले भारतको स्वतन्त्र विदेश नीतिको प्रशंसा गरे र भने कि यसको विदेश नीति विदेशबाट नियन्त्रण गर्न सकिँदैन।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।