पूजास्थल बाहिर गोली चल्दा ७ जनाको मृत्यु, तीन घाइते


प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार

पूर्वी जेरुसेलमको एक सिनेगोग (यहूदीहरूको पूजास्थल) मा गोली चल्दा सात जनाको मृत्यु भएको छ । पछिल्ला केही वर्षयताको यो सबैभन्दा ठूलो घटना हो ।

घटनामा तीन जना घाइते भएका छन्। घटना स्थानीय समय अनुसार बेलुका ८:१५ बजे सहरको नेभ याकोभ क्षेत्रमा भएको हो। स्थानीय सञ्चारमाध्यमले आक्रमणकारी पूर्वी जेरुसेलमका प्यालेस्टाइनी भएको बताएका छन् ।

इजरायली पुलिस कमिश्नर कोबी शाबताईले घटनास्थलमा पुगेर भनेका छन्, ‘पछिल्लो समयमा भएको सबैभन्दा दुःखत आक्रमण मध्ये एक हो ।’ इजरायलका यहूदीहरू यहूदी शब्बाथको अवसरमा पूर्वी जेरुसेलमको यहूदी बस्तीमा रहेको एउटा सभाघरमा प्रार्थना गर्न भेला भएको बताइएको छ।

यहुदीहरूले जर्मनीमा नाजी शासनकालमा प्रलयमा मारिएका करिब ६० लाख यहूदी र अन्य पीडितहरूको सम्झनामा ुहोलोकास्ट मेमोरियल डेु मनाउँछन्। मानिसहरू सभाघरमा मारिएकाहरूलाई सम्झन आएका थिए। त्यहाँ जम्मा भएका मानिसहरु बाहिरिने क्रममा आक्रमणकारीले मानिसहरुमाथि गोली प्रहार गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटना लगत्तै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले घटनास्थलको भ्रमण गरेका थिए । बेलायत र अमेरिकाले यो आक्रमणको निन्दा गरेका छन् ।

बेलायतका विदेश सचिव जेम्स क्लेभरलीले ट्वीटरमा आक्रमणको निन्दा गर्दै लेखेका छन्, “होलोकास्ट मेमोरियल डे र शब्बातमा सभाघरमा मानिसहरूले आक्रमण गरेको देख्दा डरलाग्दो छ। हामी इजरायलका हाम्रा साथीहरूसँग उभिन्छौं।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com