मन्त्रालयबाट बाहिरिदैँ रवि लामिछानेले भने- अनागरिक भएको छु, यतिबेला मेरो कुनै परिचय छैन


प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार

रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन् । आज मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई जवाफ दिँदै उनले अदालतभन्दा ठूलो केही नभएको बताए । उनले भने- ‘अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’

उदास मुद्रामा देखिएका लामिछानेले पत्रकारको प्रश्नको जवाफ दिँदै भने- ‘म अहिले कुनै पनि हैसियतमा छैन । अनागरिक भएको छु । अहिले थप प्रश्न नसोध्नुस् । यतिबेला मेरो कुनै परिचय छैन । परिचय नभएको अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ?’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com