अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई अदालतले दियो शर्तसहित दुबई जाने अनुमति


प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार

दिल्लीको पटियाला हाउस कोर्टले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई जनवरी २७ देखि जनवरी ३० सम्म दुबई जान अनुमति दिएको छ ।

मुख्य अभियुक्त सुकेश चन्द्रशेखरसँग २०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा अभियोग सामना गरिरहेकी ज्याकलिन फर्नान्डिस पेप्सिको इन्डिया सम्मेलनमा भाग लिन दुबई जान चाहन्थिन् ।

ज्याकलिनका वकिल प्रशान्त पाटिलका अनुसार उनले दुबई जानका लागि बुधबार नयाँ निवेदन दिएका थिएकी थिइन् । पटियाला हाउस अदालतका विशेष न्यायाधीश शैलेन्द्र मलिकले शुक्रबार ज्याकलिनलाई केही शर्तसहित दुबई जान अनुमति दिएका थिए ।

अदालतले ज्याकलिनलाई यो यात्राका लागि एक करोड रुपैयाँको फिक्स डिपोजिट रसिद जम्मा गर्न र ज्याकलिनले भारत फर्किएपछि पनि अदालतलाई जानकारी गराउनु पर्ने बताएको छ ।

३७ वर्षीया ज्याकलिन श्रीलंकाली नागरिक हुन् र उनलाई यस मुद्दामा नोभेम्बर १५, २०२२ मा जमानत दिइएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com