आँधीबाट १६ जनाको मृत्यु, १९ बेपत्ता


प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार

माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हाराएका सो समाचारमा जनाइएको छ ।प्राप्त समाचार अनुसा माडागाकस्करको सेनेसो क्षेत्रमा केही दिनदेखि आँधी आएको छ ।

सो आँधीमा परेर बिहीबार सम्ममा १६ जनाको ज्यान गएको छ भने अरु १९ जना हराएका छन् । यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रकाअनुसार अहिले पनि आँधीको त्रास हुनसक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन भनिएको छ ।

सो केन्द्रले यहाँका ५५ हजार जना भन्दा बढी नागरिक आँधीबाट प्रभावित भएका छन् । उनीहरुमध्ये २५ हजार जनाभन्दा बढीलाई घरबाट अन्यत्रै सारिएको छ भने अरु केहीलाई सतर्क रहन भनिएको छ । यहाँका अधिकारीहरुले प्रकोपमा परेर १३ हजार घरमा बाढी पसेको छ भने अरु पाँच सय घर बाढीले बगाएको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com