न्युयोर्कको क्वीन्समा बेसमेन्ट डेकेयरमा आगलागी हुँदा १८ बालबालिका घाइते


प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार

न्युयोर्क सिटीको क्वीन्समा घरको बेसमेन्टमा रहेको डेकेयर सेन्टरमा बुधबार दिउँसो आगलागी हुँदा १८ बालबालिका घाइते भएका छन् । ७२ ड्राइभ, १४७ स्ट्रीट क्यु गार्डेन हिल्समा दिउँसो २ बजे पछि आगलागती भएको थियो ।

लिथियम आयन ब्याट्रीका कारण आगलागी भएको जनाइएको छ । फायर डिपार्टमेन्टले भवनबाट कुल १८ बालबालिकाहरुलाई उद्दार गरिएको र एकजनाको अवस्था गम्भिर रहेको जनाएको छ । १७ जना बालबालिकाहरु सामान्य घाइतेमात्र भएको र अवस्था स्थीर रहेको जनाइएको छ ।

अग्निनियन्त्रकहरु आएपछि करिब ४० मिनेटमा आगो नियन्त्रणमा लिइएको थियो । दुई तले एकल परिवार घरको बेसमेन्टमा एउटा डेकेयर र एउटा दन्त प्रयोगशाला रहेको थियो ।

निरीक्षण पछि अनुमति बिना बेसमेन्ट निर्माण गरेर व्यवसाय चलाएको पाइएको छ भने नगर अभिलेख विपरीत बेसमेन्ट रहेको भेटिएको छ । न्युयोर्क सिटीको भवन विभागले बेसमेन्टको उपयोग भण्डारणको लागी मात्र रहेको र दुई व्यवसाय सञ्चालनका लागि अनुमति नभएको जनाएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

सार्वजनिक सुरक्षाको हितमा र आगलागीबाट भएको क्षतिका कारण भवन पूर्णरुपमा खाली गराइएको छ । फायर डिपार्टमेन्टले घरहरूमा लिथियम आयन ब्याट्री चार्ज गर्ने खतराको बारेमा चेतावनी दिएको छ ।

स्कुटर र बाइकमा प्रयोग हुने लिथियम आयन ब्याट्रीका कारण विगत केही वर्षदेखि समस्या रहदै आएको र तिनीहरुलाई चार्ज गर्ने, ब्याट्री र चार्जिङ कर्ड नमिल्ने र कम गुणस्तरको ब्याट्री ल्याउनुपर्ने अवस्था रहेकाले घर वा अपार्टमेन्टको प्रवेशद्वारमा रातभर चार्ज गर्न नहुने फायर डिपार्टमेन्टले जनाएको छ । रातभर चार्ज गरेर नछाड्न तथा बन्द ढोकाको कोठामा जागा र सतर्क भएको अवस्थामा मात्र चार्ज गर्न सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com