अफ्रिकी देशहरुका लागि १० अर्ब अमेरिकी डलर सहयोग


प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार

South African President Cyril Ramaphosa leaves an African National Congress (ANC) national executive committee meeting in Johannesburg, South Africa, Monday Dec. 5, 2022. Ramaphosa might lose his job, and his reputation as a corruption fighter, as he faces possible impeachment over claims that he tried to cover up the theft of millions of dollars stashed inside a couch on his farm. (AP Photo/Jerome Delay)

अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरुमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट अफ्रिकाका देशहरुमा खाद्य सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा आयोजनाहरु सञ्चालन गरिने बताइएको छ ।

अफ्रिकी विकास बैंकका अध्यक्ष अकिनुवी अकेसिनाले बुधबार सो कुराको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।अफ्रिकी देशहरुमा कृषिको विकास तथा यस सम्बन्धी आयोजनाहरुको सञ्चालनका साथै यसका माध्यमबाट त्यहाँ खाद्यान्नको सुरक्षा गर्ने विषयमा सो बैंकले अहिलेका लागि १० अर्ब अमेरिकी डलर बराबरको सहयोग दिन थालेको उहाँले जानकारी दिनुभयो ।

डाकार खाद्य सुरक्षासम्बन्धी दोस्रो सम्मेलनका क्रममा बुधबार अध्यक्ष अदेसिनाले सो घोषणा गर्नुभएको हो ।उहाँले भन्नुभएको थियो सो रकम ती देशहरुलाई उपलब्ध गराउने प्रत्यक्ष सहयोग हो र यसबाट खाद्यान्न खरिद गर्नुका साथै कृषिका आयोजनाहरु सञ्चालन गरेर खाद्यान्न उत्पादनका काममा प्रयोग गर्न सकिनेछ ।

सो सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभएको थियो– अफ्रिकी देशहरु अहिले पनि आफ्ना उत्पादनहरुको निर्यातको सट्टा खाद्यान्नको आयातमा निर्भर हुनु परिरहेको छ र यो ठूलो दुर्भाग्या पनि हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले पनि विश्वको खेतीयोग्य जमिनको ठूलो हिस्सा अफ्रिकी देशहरुमा पर्दछ तर यहाँका नागरिक भोकै सुत्नुपर्ने अवस्था छ भन्दै उहाँले सबै देशहरुलाई उत्पादनका क्षेत्रमा लाग्न आग्रह पनि गर्नुभएको थियो ।

डाकारमा बुधबार सुरु भएको सो सम्मेलन यही शुक्रबारसम्म सञ्चालन हुनेछ । सो सम्मेलनमा अफ्रिकामा खाद्यान्नको सहयोग भन्दा पनि उत्पादनका लागि के कसरी तयारी गर्ने भन्ने बारेमा छलफल हुने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com