चलिरहेको ट्रेनभित्र यात्रुमाथि छुरा प्रहार, २ जनाको मृत्यु सात घाइते


प्रकाशित मिति : माघ ११, २०७९ बुधबार

उत्तरी जर्मनीमा चलिरहेको ट्ेनभित्र एक व्यक्तिले यात्रुमाथि छुरा प्रहार गरी सात जना घाइते बनाएको छ । जर्मन समाचार एजेन्सी डीपीएले पीडित मध्ये दुई जनाको मृत्यु भएको जनाएको छ।

प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ । ति व्यक्तिले चक्कु बोकेर ब्रोक्सस्टेड स्टेसनमा आइपुग्नु भन्दा केही समय अघि किलबाट ह्याम्बर्ग जाने क्षेत्रीय रेलमा धेरै यात्रुहरूलाई आक्रमण गरेको जर्मनीको संघीय पुलिस बलले बताएको छ । प्रारम्भिक अनुसन्धानमा सात जना घाइते भएको प्रहरीले जनाएको छ ।

डीपीएले श्लेस्विग-होल्स्टीन राज्यका आन्तरिक मन्त्री सबिन सटरलिन-वाचलाई उद्धृत गर्दै आक्रमणमा दुई जनाको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको बताएको छ। आक्रमण स्थानीय समय अनुसार दिउँसो ३ बजे भएको थियो ।

समाचार एजेन्सीका अनुसार ब्रोकस्ट्याडको रेल स्टेशन लामो समय बन्द गरिएको थियो । प्रहरीले संदिग्धको पहिचानको बारेमा डीपीएलाई कुनै जानकारी उपलब्ध गराएको छैन, उनीहरूको सम्भावित कारणको अनुसन्धान भइरहेको बताएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com