कुटनीतिक दवावपछि युक्रेनमा लेपर्ड २ ट्याङ्क पठाउन जर्मनी सहमत, रुसले भन्यो -खतरनाक कदम


प्रकाशित मिति : माघ ११, २०७९ बुधबार

युक्रेनले लेपर्ड २ ट्याङ्क पठाउने जर्मनीको निर्णयको स्वागत गरेको छ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जर्मनीका चान्सलर स्कोल्जलाई धन्यवाद दिएका छन् ।

कुटनीतिक दवावपछि ट्याङ्कहरु पठाउन जर्मनी सहमत भएको हो । उनले जर्मनीको निर्णयलाई महत्वपूर्ण र समयसापेक्ष भनेका छन् ।

फ्रान्स र पोल्याण्डले पनि यो निर्णयको स्वागत गरेका छन् । रुसले भने यसलाई धेरै खतरनाक कदम भनेको छ।

रुसले यसले युद्ध निम्त्याउने र ट्याङ्कहरू जल्ने बताएको छ। युक्रेनले ठूला हतियारको सहायताले रुसबाट कब्जामा लिएको भूभाग फिर्ता लिन सक्ने बताएको छ ।

धेरै दिनदेखि जर्मनीमाथि निर्णय लिन दबाब बढिरहेको थियो। जर्मन चान्सलर ओलाफ स्कोल्जले आफ्ना नागरिकहरूलाई आफूमाथि विश्वास गर्न आग्रह गरेका छन् र युक्रेनलाई समर्थन गर्नु सही निर्णय भएको बताएका छन्।

स्कोल्जले पहिलो चरण युक्रेनलाई १४ ट्याङ्कहरू दिने तर उनको उद्देश्य युक्रेनको लागि दुईवटा बटालियनहरू सिर्जना गर्ने रहेको बताएका छन् ।

जर्मनीले अन्य देशहरूलाई पनि युक्रेनलाई लेपर्ड २ ट्याङ्क दिन अनुमति दिएको छ। अहिलेसम्म निकासीको नियमअनुसार यस्तो गर्न प्रतिबन्ध थियो ।

अमेरिकाको जो बाइडेन सरकारले पनि चाँडै ३० एम १ अब्राम ट्याङ्क दिने योजना घोषणा गर्न सक्नेछ । नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जर्मनीको यो निर्णयले युक्रेनलाई युद्ध जित्न मद्दत गर्ने बताएका छन् ।

उनले ‘रुसविरुद्धको युद्धमा यो एउटा टर्निङ प्वाइन्ट भएको र यसले युक्रेनलाई आफ्नो रक्षा गर्न, जित्न र स्वतन्त्र देशको रूपमा बाँच्न मद्दत गर्ने बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com