Follow @khasokhasmag

आर्चायप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गृहमन्त्री लामिछानेले भने- ‘यसको दोषी म र हामी हौं’


प्रकाशित मिति : माघ ११, २०७९ बुधबार

गृहमन्त्री रवि लामिछानेले आत्मदाह प्रयासपछि ज्यान गुमाएका प्रेमप्रसाद आचार्यको आत्माको चिर शान्ति र परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

उनले आज सामाजिक सञ्जाल मार्फत आर्चायले आत्मदाह गर्नुको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको जनाउँदै नयाँ राजनीतिक दल र नेताको रुपमा आफूहरुले आशा जगाउन नसकेको गुनासोसमेत व्यक्त गरेका छन् ।

लामिछानेले संसदमा नयाँहरुको आगमनले समेत आचार्यप्रति उत्साह थप्न नसकेको बताउँदै आत्मदाहको निर्णय फेर्न नसुक्नुमा आफू र आफूहरु दोषी रहेको उल्लेख गरेका छन् ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com