प्रधानमन्त्री प्रचण्ड बाहिरिदै गर्दा संसद भवन अगाडी एक युवाद्वारा आत्मदाहको प्रयास


प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार

नयाँ बानेश्वरस्थित संसद् भवनबाहिर एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

संसद भवनबाट मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी निस्कनेबित्तिकैप्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्रीको गाडी पास हुने बेलामा उनले आफूलाई आगो लगाएको प्रहरीले जनाएको छ । आत्मदाह प्रयास गर्ने युवक इलाम घर भएका प्रेम प्रसाद आचार्य भएको बताइएको छ ।

उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ । ३६ वर्षीय उनले आत्मदाह प्रयास गर्नुको कारण खुलेको छैन । (तस्वीर : सामाजिक सञ्जालबाट)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com