अमेरिकाको एसियाली शहरमा भएको गोलीकाण्डले स्तब्ध भएको छु : राष्ट्रसङ्घीय महासचिव


प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले गत शनिबार राति अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली शहरमा भएको गोलीकाण्डमा परी भएको मृत्युले आफूले स्तब्ध भएको बताउनुभएको छ ।

सो गोलीकाण्डमा परेर  १० जनाको मृत्यु भएको थियो भने  १० जना घाइते भएका थिए । सो गोलीकाण्डमा परी घाइते भएका थप एकजनाको सोमबार निधन भएपछि सो काण्डमा परेर ज्यान जानेको संख्या ११ पुगेको समाचारमा जनाइएको छ ।

अमेरिका शहर क्यालिफोर्नियाको उक्त शहरमा स्थानीय समुदायले ‘लुनार नयाँ बर्ष’ मनाइरहेका बेला मोन्टेरे पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ ।

शनिबार राति सो स्थानमा नाचगान भइरहेका बेला १० बजेर २० मिनेट जाँदा सो गोलीकाण्ड भएको थियो । तत्कालै सो स्थानमा प्रहरी अधिकारीहरू पुगेका र त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा छरिएर रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार महासचिव गुटरेसले सो दुर्घटनामा परेर ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ र उनीहरुका परिवारलाई समवेदना व्यक्त गर्नुभएको छ ।

महासचिव गुटरेसले यस्ता घटना दाहोरिन नदिन सबै सचेत हुनुपर्ने भन्दै यस्ता हत्यामा संलग्नहरुलाई कानुनी कारबाहीका दायरामा ल्याउनुपर्ने पनि बताउनुभएको छ ।

सो स्थानबाट शंकास्पद आक्रमणकारी घटनास्थलबाट भागेकोले भन्दै प्रहरीले उसलाई तुरुन्तै पछ्याएको थियो । लस एन्जलसशहरबाट करिब १३ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्कमा ठूलो सङ्ख्यामा एशियालीहरूको बसोबास रहेको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com