अमेरिकामा ५०२ मिलियन डलरको पावरबल ज्याकपट आज खोलिदै


प्रकाशित मिति : माघ ९, २०७९ सोमबार

अमेरिकामा ५०२ मिलियन डलर पुगेको पावरबल ज्याकपट आज सोमबार राती खोलिदै छ । शनिबार पनि कसैलाई नपरेपछि पावरबल ज्याकपट ५०२ मिलियन डलर पुगेको हो ।

पावरबल लोटरी परेमा एकमुष्ठ वा ३० बर्षको किस्ताबन्दीमा लिन सकिन्छ । एकमुष्ठ लिंदा झण्डै २७१ मिलियन हात पर्नेछ ।

Khasokhas

पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ ।

पावरबल लोटरी सोमबार, बुधबार र शनिबार न्युयोर्क समय अनुशार राती १० बजेर ५९ मिनेट जाँदा खोलिन्छ । ज्याकपटक जित्नका लागि २९२ मिलियन टिकटबीच सबैभन्दा भाग्यशाली हुनुपर्छ ।

यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि १ देखि ६९ सम्मका ५ वटा नम्बर र १ देखि २६ सम्मको एउटा नम्बर छनौट गर्नुपर्छ ।

यस अगाडि एकजना टिकट खरिदकर्ताले २ दशमलव शुन्य ४ बिलियनको पावरबल ज्याकपट जितेपनि अहिलेसम्म कसैले पनि विजयी टिकट दाबी गरेका छैनन्।

रोचक कुरा के छ अमेरिकामा बार्षिक रुपमा लाखौं डलर लोटरीको रकम दावी गरिदैन । प्रत्येक वर्ष लगभग २ बिलियन डलर कसैले पनि दावी गर्दैनन् । लोटरी टिकटहरू अनायासै दाबी नगरिएको विश्वास गरिन्छ । धेरै अवस्थामा हराएका टिकटहरू वा लटरी विजेताहरूले परिणामहरू चेक गर्न बिर्सेका कारण दावी गर्दैनन् । त्यस्तै उनीहरूको टिकटलाई गलत पढेमा वा आफूले जितेको महसुस नगरेमा पनि दावी गर्दैनन् ।

यदि कसैले पनि ज्याकपट दाबी नगरेमा क्यालिफोर्नियाले जति रकमको पावरबल बेचेको छ त्यो रकम क्यालिफोर्नियाको सार्वजनिक शिक्षामा जान्छ।उक्त रकम कुल ९९७ मिलियनको पावरबल ज्याकलपटको लगभग १३ प्रतिशत हो । बाँकी रकम जुन राज्यमा लोटरी बिक्रि भएको हो, त्यही राज्यले प्राप्त गर्छ । ती राज्यहरुले पनि प्राय शिक्षामा नै खर्च गर्छन् ।

अमेरिकामा सन् २०११ मा जर्जियामा ७७ मिलियनको पावरबल टिकट, डिसेम्बर सन् २००२ मा न्यूयोर्कमा ६८ मिलियनको मेगा मिलियन टिकट , सेप्टेम्बर २००२ मा इन्डियानामा बेचेको ५१ मिलियनको पावरबल टिकट र सन् २००६ को अप्रिलमा न्युयोर्कमा बेचेको ४६ मिलियनको मेगा मिलियन टिकट कसैले पनि दावी गरेका थिएनन् ।

क्यालिफोर्निया अमेरिकी राज्यहरू मध्ये एक होइन जहाँ लोटरी विजेताहरूसँग गुमनाम रहने विकल्प छ । त्यसैले ज्याकपट विजेताले अन्ततः अगाडि आउनैपर्छ र सार्वजनिक रूपमा आफ्नो जीत दाबी गर्नुपर्नेछ। क्यालिफोर्निया लोटरीका नियम अनुसार उनीहरुले ड्रको मितिदेखि एक वर्षसम्म रकम दावी गर्न सक्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com