क्यालिफोर्नियामा अर्को सामूहिक गोलीकाण्डमा ७ जनाको मृत्यु, ६७ वर्षीय झाओ चुन्ली पक्राउ


प्रकाशित मिति : माघ ९, २०७९ सोमबार

क्यालिफोर्नियाको सान माटेओ काउन्टीमा सोमबार दिउँसो सात जनाको गोली हानी हत्या गरिएको छ । तीन दिनभित्र राज्यमा यो दोस्रो सामूहिक गोलीकाण्ड हो । दक्षिणमा पर्ने हाफ मुन बेको बाहिरी भागमा रहेको च्याउ फार्ममा चारजना र ट्रकिङ व्यवसायमा तीन जनाको गोली हानी हत्या भएको छ ।

स्थानीय समय अनुसार दिउँसो २ बजेर २० मिनेटमा गोलीकाण्ड भएको हो । हाइवे ९२ र हाफ मुन बे सहरको सीमा नजिकै दुई छुट्टाछुट्टै स्थानमा घटना भएको हो । घटनास्थल सान फ्रान्सिस्कोबाट ३० माइल दक्षिणमा रहेको छ । गम्भिर घाइते एक व्यक्तिलाई स्ट्यानफोर्ड मेडिकल सेन्टरमा लगिएको छ ।

गोलीकाण्डका संदिग्ध हाफ मुन बेका ६७ वर्षीय झाओ चुन्ली हाफ मुन बेमा रहेको प्रहरी कार्यालय सबस्टेसनको पार्किङ स्थलमा आफ्नो कारमा फेला परेको सान माटेओ काउन्टी प्रहरीले जनाएको छ । चुन्लीलाई बिना कुनै घटना हिरासतमा लिइएको र उनको गाडीमा हतियार भेटिएको प्रहरीले जनाएको छ । समुदायको लागि कुनै उल्लेखनीय खतरा नभएको पनि प्रहरीको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोली चलाउनुको कारण अहिलेसम्म खुल्न सकेको छैन । क्यालिफोर्नियाको मोन्टेरी पार्कमा लुनार न्यू इयर फेस्टिभलमा ११ जनाको हत्या भएको दुई दिनपछि आजको घटना भएको हो। अधिकारीहरूले मोन्टेरी पार्कको घटनालाई लस एन्जलस काउन्टीको इतिहासमा सबैभन्दा घातक सामूहिक गोलीकाण्ड भनेका थिए ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरीका अनुशार घटनाबारे राष्ट्रपति बाइडेनलाई होमल्याण्ड सेक्युरिटी सल्लाहकारले जानकारी गराएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com