अदालतभित्रै बाबुले गरे छोरीको हत्या


प्रकाशित मिति : माघ ९, २०७९ सोमबार

पाकिस्तान कराँचीको एक अदालतमा बाबुले आफ्नै छोरीको गोली हानी हत्या गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार यो घटना तब भएको थियो जब एक महिलाले आफ्नो स्वेच्छाले विवाह गरेको बयान दिन  कराचीको शहर अदालतमा आएकी थिइन्।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार ती महिला वजिरिस्तानको आदिवासी क्षेत्रकी बासिन्दा थिइन् र उनले हालै उक्त क्षेत्रका डाक्टरसँग विवाह गरेकी थिइन् । महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर दुई प्रहरी घाइते भएका छन् ।

आरोपितलाई पक्राउ गरी हतियार प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आफ्नै इच्छाले बिहे गरेपछि युवतीले घर छाडेकी थिइन्, जसका कारण उनका बुवा रिसाए ।

पाकिस्तानमा यस्ता धेरै घटनाहरु बाहिर आएका छन् । पाकिस्तानको मानव अधिकार आयोगका अनुसार तथाकथित ‘अनर किलिंग’ मा हरेक वर्ष ६५० जनाको मृत्यु हुने गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com