न्युयोर्क सिटीमा वास्तविक हिमपात नभएको ३२० दिन भइसक्यो, बुधबार २ इन्चसम्म हिमपात


प्रकाशित मिति : माघ ९, २०७९ सोमबार

man holding iPhone over ear

न्युयोर्क सिटीमा वास्तविक हिमपात नभएको आज ३२० दिन भइसक्यो । तर अब बुधबार मौषमविदहरुले हिमपातको अनुमान गरेका छन् ।

राष्ट्रिय मौसम सेवाका अनुसार बुधबार दिउँसो १ बजेसम्म करिब एक देखि दुई इन्चसम्म हिउँ पर्ने अनुमान गरिएको छ। दिउँसोसम्म हिमपात वर्षामा परिणत हुने र हिउको थुप्रो पखाल्ने अपेक्षा गरिएको छ ।

यदि न्युयोर्क सिटीमा हिमपात भएमा न्युयोर्क सिटीमा इतिहासको सबैभन्दा लामोमध्येको एक हिउँविहीन अवधिको अन्त्य हुनेछ । हिउँ नपरेको सबैभन्दा लामो अवधि सन् २०२० मा रेकर्ड गरिएको थियो जब शहरमा शुन्य दशमलव १ इन्च भन्दा माथि हिउँ जम्मा नभएको लगातार ३३२ दिन भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क सिटी हिउँ सम्बन्धित अर्को रेकर्ड राख्ने सम्भावना पनि छ । जनवरीमा ढिलो गरी पहिलो हिमपात सन् १९७३ को जनवरी २९ मा भएको थियो । त्यसपछि सम्भवत अर्को रेकर्ड बुधबार कायम हुनेछ ।

जनवरीको असामान्य रूपमा तातो तापक्रमका कारण हिउँको अभाव भएको राष्ट्रिय मौषम सेवाले जनाएको छ । जनवरीको पहिलो आधा सिटीमा रेकर्डमा तेस्रो सबैभन्दा तातो थियो जतिबेला औसत तापमान ४४ डिग्री फरेनहाइट थियो । यो औसत भन्दा लगभग १० डिग्री बढी हो ।

जलवायु परिवर्तनका धेरै प्रभावहरू मध्ये एक सन् १९७० को दशकदेखि अमेरिकामा देशभरि जाडो मौषममा न्यानोपन बढिरहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com