ब्राजिलमा सेना प्रमुख बर्खास्त,विद्रोह नियन्त्रण गर्न नसकेको आरोप


प्रकाशित मिति : माघ ८, २०७९ आईतबार

Black smoke is seen during a fire on a cargo shed at the Galeao International Airport in Rio de Janeiro, Brazil on January 18, 2023. (Photo by BRUNO KAIUCA / AFP)

ब्रालिलको राजधानीमा जनवरी ८ मा भएको विद्रोहबारे केही सैनिक सदस्यले अति दक्षिणपन्थी प्रदर्शनकारीलाई अनुमति दिएको खुलेआम अभिव्यक्ति दिएको केही दिनपछि शनिबार ब्राजिलका सेना प्रमुखलाई बर्खास्त गरिएको छ ।

राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाको आदेशमा ब्राजिलियाली सेनाका जनरल जुलियो सेजर डी अरुदालाई सेनाप्रमुखबाट हटाइएको सेनाको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

उहाँको स्थानमा यसअघि दक्षिणपूर्वी सैन्य कमान्डका प्रमुख रहनुभएका जनरल टोमस मिगुएल रिबेरो पाइभालाई नियुक्त गरिएको छ ।

लुलाले रक्षामन्त्री जोस मुसियो, चिफ अफ स्टाफ रुई कोस्टा र ब्रासिलियामा नयाँ सैन्य कमाण्डरसँग भेट गर्नुभएको थियो । भेटबारे पत्रकारहरूसँग कुरा गर्दै मुसियोले जनवरी ८ को दङ्गाले सेनाको उच्च तहमा ‘विश्वासको स्तरमा समस्या’ उत्पन्न भएको र सरकारले परिवर्तन आवश्यक देखेकोले यो निर्णय गरेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालैका हप्ताहरूमा पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरूले बोल्सोनारोलाई सत्तामा राख्ने प्रयासमा सरकारी भवनहरूमा आक्रमण गर्नुका साथै सार्वजनिक सम्पत्ति नष्ट गरेपछि लुलाले सेनाको आलोचना गनुभएको थियो ।

यस विद्रोहले ब्राजिलमा वामपन्थी र दक्षिणपन्थीबीचको ध्रुवीकरणलाई उजागर गरेको छ ।

ब्राजिलको संसद, राष्ट्रपति भवन र ब्रासिलियास्थित सर्वोच्च अदालतमा आक्रमण गरेका थिएभने आक्रमणकारीहरूले सेनालाई हस्तक्षेप गर्न र राष्ट्रपति चुनावमा लुलासँग बोल्सोनारोको हारलाई उल्टाउन खोजेका दावी गरिएको छ ।

आक्रमण भएको दिन राष्ट्रपति भवनभित्रबाट सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा एक कर्णेलले बोल्सोनारोका समर्थकलाई पक्राउ गर्न प्रहरीलाई रोक्ने प्रयास गरिरहेको देखिन्छ । उहाँले सैन्य प्रहरीसँग धैर्यको लागि आग्रह गरेको देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com