अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । लस एन्जलसबाट करिब १२ किलोमिटर पूर्वमा रहेको मोन्टेरे पार्कमा गोली हानाहान भएको हो । घाइतेको संख्या कति छ भन्नेबारे प्रहरीले केही बताएको छैन ।
यहाँ चिनियाँ नयाँ वर्ष मनाइँदै थियो, जसका कारण हजारौं मानिसहरू भेला भएका थिए। गत वर्ष साताव्यापी नयाँ वर्ष महोत्सवमा एक लाखभन्दा बढी मानिस भेला भएका थिए ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा पार्कमा ठूलो संख्यामा प्रहरीको उपस्थिति रहेको देख्न सकिन्छ । लस एन्जलस काउन्टी सेरिफको कार्यालयले एक विज्ञप्तिमा गोली हान्ने व्यक्ति पुरुष भएको बताएको छ। तर, उनलाई पक्राउ गरिएको हो वा होइन भन्ने खुल्न सकेको छैन ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।