न्युजर्सीमा स्कूल बस चोर्ने साउदी नागरिक पेन्सिलभेनियामा पक्राउ


प्रकाशित मिति : माघ ७, २०७९ शनिबार

बुधबार न्युजर्सीको पार्किङ स्थलबाट स्कूल बस चोरेको आरोपमा एक २२ वर्षीय पुरुषलाई पेन्सल्भेनियामा पक्राउ गरिएको छ । साउदी अरबका नागरिक ती व्यक्तिलाई बिहिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त व्यक्तिको नाम नाम सार्वजनिक गरिएको छैन । लिभिङ्स्टन पब्लिक स्कूलको बस लिएर भागेका ती व्यक्तिलाई मोटर वाहन चोरी र अन्य अपराधको आरोप लगाइएको छ ।

स्थानीय बासिन्दाहरूलाई कुनै खतरा नभएको प्रहरीले बताएको छ । स्थानीय संचारमाध्यमहरुले लिभिङ्स्टन स्कूलको पार्किङ स्थलबाट बुधबार बस चोरी भएको रिपोर्ट प्रकाशित गरेका थिए ।

संदिग्धले अरू कुनै षड्यन्त्र गरेको कुनै संकेत छैन । साथै चोरी एक्लै गरेको प्रहरीको विश्वास छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

टाउनशिप पुलिसले एफबीआई र एसेक्स काउन्टी र राज्यका अनुसन्धानकर्ताहरूसँग सम्पर्क गरेपछि ती व्यक्तिलाई पक्राउ गरिएको थियो । गाडी चोरी बाहेक, ती व्यक्तिविरुद्ध चोरी, चल सम्पत्ति चोरी, आपराधिक क्षति र आपराधिक घुसपैठको आरोप लगाइएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com