अमेरिकामा मुद्रास्फीति प्रभाव: सबैतिर मूल्यबृद्धि हुँदा आइतबार हुलाक टिकटको मूल्य बढ्ने


प्रकाशित मिति : माघ ७, २०७९ शनिबार

us a flag on white concrete building during daytime

अमेरिकामा झण्डै १७ महिनामा आइतबार तेस्रो पटक हुलाक टिकटको मूल्य बढाइदै छ । सर्टिफाइड पत्र र बीमा गरिएका प्याकेजहरू पठाउन पनि लागतहरू बढाइने भएको छ ।

मुद्रास्फीतिले लगभग सबै चीजहरूको मूल्य उच्च भइरहेको अवस्थामा अमेरिकी हुलाक सेवाले लगभग फस्ट क्लास मेलमा ४ दशमलव २ प्रतिशत मूल्य बृद्धि गर्नेछ । मुद्रास्फीतिमा भएको वृद्धिलाई समायोजन गर्नका लागि यो मूल्यबृद्धि गरिएको हो ।

जनवरी २२ देखि लागू हुने गरी युएसपीएसले मनी अर्डर शुल्क र पोष्ट बक्सको भाडा शुल्क पनि बढाउनेछ। नयाँ दरहरू अनुशार १ आउन्स पत्रको लागि हुलाक टिकट ६० सेन्टबाट बढाएर ६० सेन्ट बनाइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिटर गरिएको १ आउन्सको पत्रहरुको टिक ५७ सेन्टबाट ६० सेन्ट बनाइनेछ । अमेरिकाभित्रै पठाइएका पोष्टकार्डहरूको टिकट ४४ सेन्टबाट ४८ सेन्ट बनाइएको छ । अन्तर्राष्ट्रिय पोस्टकार्ड र १ आउन्सका पत्रमा ५ सेन्टस बढाएर १ डलर ४५ सेन्टस बनाइएको छ ।

हुलाक र अन्य शुल्कहरूको अतिरिक्त रहेको सर्टिफाइड मेल शुल्क ४ डलरबाट बढाएर ४ डलर १५ सेन्टस बनाइएको छ । प्राप्त गर्दा वयस्कको हस्ताक्षर चाहिने पत्रको शुल्क १० डलर ३५ सेन्टसबाट बढाएर १० डलर ८० सेन्टस बनाइएको छ ।

हुलाक सेवाले पहिलो पटक सन् २००७ मा फरेभर टिकटहरू बेच्न थाल्दा मूल्य ४० सेन्टस रहेको थियो । सन् २०२२ को जुलाईको टिकटको मूल्य ६० सेन्टस बनाइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com