रुसबाट गोवा आउँदै गरेको विमानमा बम भएको हल्ला, विमान उज्वेकिस्तानतर्फ मोडियो


प्रकाशित मिति : माघ ७, २०७९ शनिबार

रुसको राजधानी मस्कोबाट २४० यात्रु बोकेर गोवाका लागि उडेको चार्टर्ड उडानलाई बमको धम्कीका कारण डाइभर्ट गरिएको छ । बम भएको अफवाहको विमान शनिबार बिहान उज्वेकिस्तानतर्फ मोडिएको थियो।

बमको धम्कीपछि शनिबार गोवा जाँदै गरेको चार्टर्ड उडान उज्वेकिस्तानतर्फ डाइभर्ट गरिएको प्रहरीले पुष्टि गरेको छ। एक वरिष्ठ पुलिस अधिकारीले  मिडियासँग कुरा गर्दै भने विमान दक्षिण गोवाको डाबोलिम एयरपोर्टमा बिहान ५:१५ मा अवतरण गर्ने थियो।

उनले उक्त विमान अजुर एयरले उडान नम्बर एजेडभी २४६३ बाट सञ्चालन गरिरहेको बताए । भारतीय आकाशमा प्रवेश गर्नुअघि नै यसलाई डाइभर्ट गरिएको थियो । अधिकारीहरुका अनुसार दाबोलिम विमानस्थलका निर्देशकका अनुसार दिउँसो १२.३० बजे एउटा इमेल आएको थियो ।

जसमा उनलाई विमानमा बम रहेको बताइएको छ । यसभन्दा दुई साताअघि एउटा विमानलाई गुजरातको जामनगर विमानस्थलमा बमको धम्की आएपछि आपतकालीन अवतरण गराइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com