कारमा सिटबेल्ट नलगाएकोमा बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना


प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार

Via RSS

सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा यात्रु सिटमा बसेको बेला सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ । लन्काशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुष सुनकलाई निश्चित जरिवाना अर्थात् फिक्स्ड पेनाल्टीको सशर्त प्रस्ताव जारी गरेको बताएको छ।

सुनकले यो गल्ती भएको पूर्ण रूपमा स्वीकार गर्दै माफी मागेका छन् । साथै उनले जरिवाना तिर्ने बताएका छन् । फिक्स्ड पेनाल्टी टिकट २८ दिन भित्र तिर्नु पर्छ वा त्यसको विरुद्ध अपिल गर्नुपर्छ । अपिल गरेको खण्डमा प्रहरीले मुद्दाको समीक्षा गर्नेछ र जरिवाना फिर्ता लिने वा अदालतमा लैजाने निर्णय गर्नेछ।

सुनकले सरकारमा रहँदा निश्चित जरिवानाको टिकट पाएको यो दोस्रो पटक हो । गत अप्रिलमा उनलाई बोरिस जोनसन र श्रीमती क्यारीसँगै कोविड लकडाउन नियमहरू तोडेकोमा जरिवाना गरिएको थियो । सन् २०२० को जुनमा डाउनिंग स्ट्रीटमा तत्कालीन प्रधानमन्त्रीको जन्मदिनको कार्यक्रममा भाग लिएका कारण यो जरिवाना तोकिएको थियो ।

उपलब्ध हुँदा समेत सिट बेल्ट लगाउन असफल भएका यात्रुहरूलाई वैध छुटमा बाहेक ठाउको ठाउँ १ सय पाउण्ड जरिवाना हुन सक्छ । मुद्दा अदालतमा गएमा जरिवाना ५ सय पाउण्डसम्म जरिवाना हुनसक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलायतको लन्काशायर पुलिसले प्रधानमन्त्री ऋषि सुनकलाई चलिरहेको कारमा यात्रु सिटमा हुँदा सिट बेल्ट नलगाएको भिडियोबारे छानविन गरेको थियो ।प्रधानमन्त्रीले घटनाको लागि बिहिबार नै माफी मागेका छन् । उनले सामाजिक सञ्जालका लागि क्लिप खिच्नका लागि आफ्नो सीट बेल्ट खोल्नु त्रुटिपूर्ण निर्णय भएको बताएका थिए ।

सिट बेल्ट नलगाउँदा अधिकतम ५ सय पाउण्डसम्म जरिवाना हुन्छ। सुनकले यो गल्ती भएको पूर्ण रूपमा स्वीकार गरेको र माफी मागेको उनका प्रवक्ताले पत्रकारहरूलाई बताएका थिए । सबैले सिट बेल्ट लगाउनुपर्छ भन्नेमा प्रधानमन्त्रीको विश्वास रहेको प्रवक्ताको भनाई छ । भिडियो खिचेको बेला इङ्गल्याण्डको उत्तरीभागको यात्राका क्रममा प्रधानमन्त्री लङ्कशायरमा थिए ।

सरकारको पछिल्लो चरण लेभलिङ अप खर्चको प्रचार गर्न सुनकको इन्स्टाग्राम खातामा उक्त भिडियो पोस्ट गरिएको थियो। करिब एक मिनेटको भिडियोमा सुनकले कारसँगै यात्रा गर्दा क्यामेरालाई सम्बोधन गरिरहेको देख्न सकिन्छ । पृष्ठभूमिमा केहीबेर प्रहरीका मोटरसाइकलहरू समेत देखा पर्छन्।

१४ वर्ष र माथिका यात्रुहरूले कार, भ्यान र अन्य सवारी साधनहरूमा सिट बेल्ट लगाएको सुनिश्चित गर्न आफै जिम्मेवार छन्। १४ वर्ष भन्दा मुनिका यात्रुहरूको लागि चालकहरु जिम्मेवार हुन्छन् । चिकित्सा कारणको लागि डाक्टरको प्रमाणपत्र भएको वा पुलिस, फायर वा अन्य उद्धार सेवाको लागि प्रयोग गरिएको गाडीमा छुट हुनसक्छ ।

उत्तरी आयरल्याण्ड बाहेक अरु स्थानमा सिट बेल्ट नलगाएको कारण जरिवाना तिर्नेहरूलाई हाल आफ्नो लाइसेन्समा पेनाल्टी पोइन्टहरू दिन सकिँदैन। तर अक्टोबरमा यातायात मन्त्री क्याथरिन फ्लेचरले सरकारले इङ्गल्याण्डमा पेनाल्टी पोइन्टहरू शुरू गर्ने विचार गरिरहेको बताएकी थिइन् । सन् २०२१ मा कारमा सवार हुने मृत्युको ३० प्रतिशत रेकर्डमा सिट बेल्ट नलगाएकाहरु थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com