यौन दुर्व्यवहारको आरोपमा ब्राजिलका फुटबल स्टार ड्यानी अल्भेस पक्राउ


प्रकाशित मिति : माघ ६, २०७९ शुक्रबार

डिसेम्बरमा बार्सिलोनाको एक क्लबमा यौन दुव्र्यवहार गरेको आशंकामा स्पेनिस प्रहरीले ब्राजिलियन फुटबलर ड्यानी आल्भेसलाई पक्राउ गरेको छ । ३९ वर्षीय ब्राजिल ड्यानीलाई स्पेनको बार्सिलोना सहरमा सोधपुछ भइरहेको छ ।

ड्यानी अल्भेसले यस शहरमा वर्षौंदेखि क्लब फुटबल खेलेका छन्। अहिले उनी मेक्सिकोको क्लबबाट खेल्छन्। उनले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् ।

स्पेनिस मिडियामा आएको खबर अनुसार यो कथित यौन हिंसा डिसेम्बर ३०-३१ को राति बार्सिलोनाको क्लबमा भएको थियो । ड्यानी अल्भेसले स्पेनको एक निजी न्यूज च्यानललाई भनेका छन्, उनी त्यो रात क्लबमा थिए तर उनले त्यहाँ आरोप लगाउने महिलालाई देखेनन्।

“म त्यो क्लबमा थिएँ। सबैलाई थाहा छ मलाई नाच्न मन पर्छ तर मैले कसैको गोपनीयतामा हस्तक्षेप गरेको छैन,” दानीले एन्टेना-३ नामक च्यानललाई भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अल्भेस अहिले मेक्सिकोको पुमास उनम नामक क्लबबाट खेल्छन्। कतारमा भएको विश्वकपपछि उनी बार्सिलोनामा बिदा मनाउँदै थिए । ड्यानी कतार विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गर्ने सबैभन्दा पाका खेलाडी थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com