अमेरिकाको सबैभन्दा खुशी राज्य युटाह, दुखी राज्य क्यालिफोर्निया, तपाई कता ?


प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार

selective focus photography of child laughing

हाउसफ्रेसले अमेरिकाका सबैभन्दा खुशी र बेखुशी राज्य र सिटीहरुको सुची तयार पारेको छ । माइक्रोसफ्टको अनुहार पहिचान एपीआईको प्रयोग गरेर इन्स्टाग्राम सेल्फीहरूको डाटाबेसका आधारमा खुशी र बेखुशी राज्यहरुको सुची तयार पारिएको हो ।

खुशी र मुस्कान दुबैलाई तुलना गरेर यो सुची निकालिएको हो । किनभने हरेक मुस्कानले खुशीलाई संकेत गर्दैन र हरेक खुसी व्यक्ति मुस्कुराउँदैन। धेरै खुसी पुरुषहरूले सेल्फीमा मुस्कान नराख्ने छनौट गर्छन् । संसारका केही सफल व्यक्तिहरूले आफ्नो मुस्कानलाई आफ्नो ओठलाई थोरै बटारेर खुवाउनको लागि पर्खिरहेको बच्चा चरा जस्तै बनाउँछन् ।

woman holding balloons

यसरी आर्टिफिसियल इन्टेलिजेन्सका आधारमा तयार पारिएको सुचीमा सबैभन्दा खुशी राज्यको पहिलो नम्बरमा युटाह रहेको छ । अर्थात् यो सबैभन्दा खुसी अमेरिकी राज्य हो । अचम्मको कुरा क्यालिफोर्निया सबैभन्दा बेखुशी राज्यमा रहेको छ । अर्थात् त्यहाँ सबैभन्दा कम खुशी र कम मुस्कान छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबैभन्दा बेखुशी राज्यको टपटेनमा पहिलो क्यालिफोर्निया, दोश्रो न्युजर्सी, तेश्रो पेन्सिलभेनिया, चौथो इन्डियाना, पाँचौं लुजियाना, छैठौं जर्जिया, सातौं न्यु मेक्सिको, आठौं कनेक्टिकट, नवौं मेरिल्याण्ड र दशौंमा मासाचुसेट्स रहेको छ ।

त्यस्तै सबैभन्दा खुशी राज्यको टपटेनमा पहिलो युटाहसँगै दोश्रो विसकन्सिन, तेश्रो नेब्रास्का, चौथो भर्मोन्ट, पाँचौं आयोवा, छैठौं वायोमिंग, सातौं कोलोराडो, आठौं नर्थ डाकोटा, नवौं वासिंटन र दशौं आइदायो रहेका छन् ।

low-angle photo of pink and orange balloons

न्युयोर्कको खुशी राज्यको सुचीमा २६ औं स्थानमा छ भने टेक्सास ३३ औं स्थानमा रहेको छ । राज्यका हिसाबले सबैभन्दा पछाडि रहेपनि क्यालिफोर्नियाको कनकर्ड भने सबैभन्दा खुशी सिटीमा पहिलो स्थानमा छ । सबैभन्दा बेखुशी सिटी भने मायामीको डेट्रोइट रहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com