न्युयोर्कको क्वीन्समा हाई स्कूल बाहिर दुई टिनएजरलाई गोली हान्ने १३ बर्षीय पक्राउ, तीन अभियोग


प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार

एक १३ वर्षीय केटाले क्वीन्स हाई स्कूल नजिकै भएको झडपको क्रममा दुई टिनएजरहरुलाई गोली प्रहार गरेको आरोप लगाइएको प्रहरीले बताएको छ । नाबालिग भएका कारण गोली चलाउने केटाको नाम सार्वजनिक गरिएको छैन ।

गोली चलाउनेविरुद्ध आक्रमण, हतियारको आपराधिक कब्जा र खतरनाक लापरवाहीको अभियोग लगाइएको छ । क्याम्ब्रिया हाइट्समा क्याम्पस म्याग्नेट हाइस्कुल बाहिर भएको गोलीकाण्डमा एक १६ वर्षीया किशोरी र १४ वर्षीय किशोर घाइते भएका छन् ।

बुधबार साँझ ४ बजेर ५० मिनेटमा विद्यालय बाहिर बस स्टपमा भएको झडपमा केटीको गोलीगाँठोमा र केटाको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । पीडितहरू स्कूलका विद्यार्थीहरू रहेको र उनीहरुको खतरामुक्त अवस्थामा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बन्दुकधारीले भाग्न खोज्दा बन्दुक छाडेको थियो । उक्त हतियार प्रहरीले बरामद गरेको छ । कुनै पनि पीडितलाई लक्षित गरीएको थियो वा थिएन भन्ने प्रष्ट छैन । यद्यपि पुलिसले दुबै जना झगडामा सक्रिय सहभागी नभएको बताएको छ ।

क्याम्पस म्याग्नेटमा रहेका चार माध्यमिक विद्यालयहरू मध्ये एक स्वास्थ्य, कला, प्रविधि र रोबोटिक्स हाई स्कूलका सिनियर १७ वर्षीय एन्थोनी फ्रेजियरले यो घटना दुःखद् भएको तर अनपेक्षित भने नभएको बताएका छन् । आफू अब यस स्कूलमा सुरक्षित भएको महसुस नगर्ने फ्रेजियरले बताए । न्यु योर्क शहरले बच्चाहरूलाई सुरक्षित राख्न पर्याप्त काम नगरेको उनको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com