समुन्द्रमा हराएको २४ दिनपछि ४७ वर्षीय एल्भिसको जिवितै उद्धार, ‘केचप’ खाएर बाँचेको फ्राँस्वाको दावी


प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार

समुन्द्रमा हराएको २४ दिनपछि ४७ वर्षीय एल्भिस फ्राँस्वाको जिवितै उद्धार भएको छ ।  क्यारेबियन टापू राष्ट्र डोमिनिकाका ति व्यक्तिले कोलम्बियाको समुद्रमा हराएको २४ दिनसम्म केचप खाएर बाँचेको  दावी गरेका छन् ।

कोलम्बियाली नौसेनाले सार्वजनिक गरेको भिडियोमा ४७ वर्षीय एल्भिस फ्राँस्वाले  भनेका छन्, “मसँग खाना पनि थिएन । डुङ्गामा केचपको बोतल र लसुनको धुलो  थियो । चाउचाउ पहिलो एक दुई दिनमा नै सकियो । त्यसैले समुद्रमा २४ दिनसम्म बाँच्नका लागि केचपलाई पानीमा मिसाएँ खाएँ ।”

ला ग्वाजिराको उत्तरी विभागमा प्यूर्टो बोलिभरबाट १२० नटिकल माइल उत्तरपश्चिममा फेला पर्दा डुङ्गाको बाहिरी भागमा ‘सहयोग’ को लागि याचना गरि लेखिएको थियो ।

फ्राँस्वाले आफूले अन्य डुङ्गाहरू त्यहाँबाट ओहोर दोहोर गरिरहेको देखेको र आफ्नो डुङ्गामा आगो बालेर सहयोगका लागि सङ्केत गरेको तर तिनीहरूले आफुलाई नदेखेको बताउनुभयो । फ्राँस्वाले डुब्नबाट जोगिन डुङ्गामा जम्मा भएको पानीलाई निरन्तर खालि गरिरहनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

’अन्तिम दिन, जनवरी १५ तिर, मैले एउटा विमान देखेँ । मसँग एउटा ऐना थियो । म केही सङ्केतहरू पठाइरहेको थिएँ,” उहाँले भन्नुभयो । उहाँले सूर्य प्रकाशलाई परावर्तन गराएर जहाज र नजिकका डुङ्गामा पठाएपछि सहयोगका लागि कोही आएको बताउनुभयो ।

उहाँले थप्नुभयो, “अन्तिममा उहाँहरू (उद्धार गर्ने व्यक्तिहरू) पछि डुङ्गाबाट दुई पटक ओहोरदोहोर गरे, त्यसैले उहाँहरूले मलाई देखेको मैले महसुस गरेँ । उहाँहरूकै कारण आज जीवित भएकोमा म उहाँहरूप्रति कृतज्ञ छु ।”

प्राप्त जानकारी अनुसार विमानका चालक दलले नौसेनालाई उद्धारका लागि सूचना दिएका र त्यसपछि एक व्यापारिक जहाजको मद्दतले फ्रान्कोइसलाई उद्धार गरिएको थियो ।
फ्राँस्वाले थप्नुभयो, “२४ दिन, कुनै जमिन छैन । कुरा गर्ने कोही छैन । के गर्ने थाहा छैन । आफु कहाँ छु थाहा छैन । यो कठोर थियो । घरिघरि मैले आशा गुमाएँ । तर पनि मैले आफ्नो परिवारको बारेमा सोचेर आफुलाई सम्हालिरहेँ ।

नौसेनाले सार्वजनिक गरेको भिडियोमा एक जना चिकित्सकले फ्रान्कोइसको स्वास्थ्य जाँच गरिरहेको देखिन्छ । “यो धेरै कठिन थियो । मलाई थाहा छैन म आज कसरी जीवित छु तर म जीवित छु । र म यसको लागि आभारी छु,” फ्रान्कोइसले भन्नुभयो ।

गत वर्षको डिसेम्बरमा नेदरल्यान्ड्स एन्टिल्सको क्यारेबियन टापु सेन्ट मार्टेनमा रहेको एक बन्दरगाहबाट सेलबोट मर्मत गर्ने क्रममा मौसम खराब भएपछि उहाँलाई समुद्रमा बगाएको नौसेनाले जनाएको छ ।

“नेभिगेसनको कुनै ज्ञान नभएकोले उहाँ समुद्रमा हराउनुभएको थियो र विचलित हुनुभएको थियो । डुङ्गा र डुङ्गामा रहेका उपकरणहरू चलाउने उहाँको प्रयास सफल भएन,” विज्ञप्तिमा भनिएको छ ।

फ्राँस्वाले आफ्नो सेल फोनमा कल गर्ने प्रयास गरेपनि टावरले नटिपेपछि निराश बनाएको थियो । सेनाका अनुसार उहाँलाई आफ्नो देश फर्कन समन्वय गर्न सजिलो होस् भनेर अध्यागमन अधिकारीहरूलाई सुम्पिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com